झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति « Khabarhub

झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापामा गत आर्थिक वर्षमा  प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६० हजार नौ सय ५९ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार उक्त अवधिमा जिल्लामा ३५९ वटा विपद्का घटना अभिलेख भएका थिए । ती घटनामा ३७ जना घाइते भएका थिए। 

उक्त अवधिमा १५६ वटा आगलागीका घटना भएका, जंगली हात्ती र वन्यजन्तुको आक्रमणका ९४, हुरीका ५२, बाढी तथा डुबानका ३५ र चट्याङका २२ वटा घटना थिए। 

विपद्का कारण आगलागीमा दुई जना, जंगली जनावरको आक्रमणबाट छ जना, हुरीमा एक जना र चट्याङ लागेर दुई जनाको मृत्यु भएको  हो ।

प्राकृतिक विपद्का विभिन्न घटनामा आठ हजार नौ सय १४ वटा चौपाया तथा पशुपन्छी मरेभने  हुरीबाट तीन हजार २० र आगलागीबाट पाँच हजार ६६२ पशुपन्छी हताहत भएका थिए । 

आगलागीबाट १५ करोड २२ लाखभन्दा बढी र बाढी तथा डुबानबाट छ करोड ३४ लाख बराबरको क्षति भएको सूचना अधिकारी अवाले बताए।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ६ : ४० बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट