उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज सम्पन्न « Khabarhub

उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज सम्पन्न


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज–२०२६ सम्पन्न भएको छ ।

जिल्लाको सदरमुकाम गाईघाट र चौदण्डीगढी नगरपालिकाको बेल्टारमा एकैसाथ आयोजित कार्यक्रममा सयौँ साइकलप्रेमी, युवा, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । 

उदयपुर जिल्ला साइक्लिङ संघ र चौदण्डीगढी साइकल सिटीको आयोजनामा सम्पन्न कार्यक्रमको बेल्टारमा नगर प्रमुख कालुमान लामाले उद्‌घाटन गरेका थिए । उनले साइकल स्वस्थ जीवन, स्वच्छ वातावरण र दिगो विकासको महत्वपूर्ण माध्यम भएकाले यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

चौदण्डीगढी साइकल सिटीका अध्यक्ष अनिल पौडेलले कोरा अभियान बालबालिकाको शिक्षा, स्वास्थ्य र उज्ज्वल भविष्यका लागि समाजलाई एकताबद्ध बनाउने सामाजिक अभियान भएको उल्लेख गरे। 

बगाईघाट र बेल्टारबाट सुरु भएको साइकल यात्रा विभिन्न स्थानको परिक्रमा सहित ५० किलोमिटर को यात्रा पुरा  गर्दै पुनः सुरुआती बिन्दुमै पुगेर सम्पन्न भएको थियो।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ६ : ४६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको