चितवनमा १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्न सरकारको पहल « Khabarhub

चितवनमा १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्न सरकारको पहल


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

चितवन- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) बीच करिब १५ वर्षदेखि कायम रहेको जग्गा विवाद समाधानका लागि सरकारको पहल सुरु भएको बताएका छन् ।

शुक्रबार दुवै शैक्षिक संस्थाको अनुगमन गर्दै मन्त्री पोखरेलले शैक्षिक, अनुसन्धान तथा प्रशासनिक गतिविधि, पूर्वाधार र प्रयोगशालाको निरीक्षण गरे थिए । त्यसक्रममा उनले दुवै संस्थाका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा सरोकारवालासँग छलफल गरेका थिए।

छलफलका क्रममा रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच लामो समयदेखि जारी जग्गा विवादका कारण शैक्षिक विकास, पूर्वाधार विस्तार तथा दीर्घकालीन योजनामा असर परेको विषय उठाइएको थियो।

मन्त्री पोखरेलले सरकारले समन्वयात्मक तथा कानुनी प्रक्रियामार्फत विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै दुवै संस्थाको शैक्षिक हित सुरक्षित हुने गरी उपयुक्त समाधान खोजिने स्पष्ट पारे ।

उहाँले नेपालको कृषि शिक्षा, अनुसन्धान, प्रविधि विकास तथा दक्ष जनशक्ति उत्पादनमा यी दुवै संस्थाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै कुनै पनि संस्थालाई कमजोर बनाउने नभई दुवैलाई थप सुदृढ, सक्षम र प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारले आवश्यक पहल अघि बढाउने बताए।

सरोकारवालाहरूले सरकारको सक्रिय पहलबाट १५ वर्षदेखि कायम विवादको अन्त्य भई दुवै संस्थाको शैक्षिक तथा अनुसन्धान गतिविधिले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन्।

अनुगमनमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य प्रभा ढकाल तथा शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकारद्वय शैलेन्द्र झा र सरोज गौतमको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ७ : १९ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट