उपत्यका प्रवेश गर्ने र बाहिरिने यात्रुलाई ‘ट्राभल अलर्ट’ « Khabarhub

उपत्यका प्रवेश गर्ने र बाहिरिने यात्रुलाई ‘ट्राभल अलर्ट’


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुनका कारण भारी वर्षा हुनसक्ने भन्दै उपत्यका प्रवेश गर्ने र बाहिरिने यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासनले यात्रा सावधानी (ट्राभल अलर्ट) जारी गर्दै बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यानमा राखेर यात्रा गर्नुअघि मौसम र सडक अवस्थाबारे जानकारी लिन अनुरोध गरेको हो ।

विशेषगरी रातको समयमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन, सडक अवरुद्ध भए सुरक्षित स्थानमा मात्र रोक्न र प्रहरी प्रशासनबाट बाटो खुलेको यकिन जानकारी पाएपछि मात्रै यात्रा अघि बढाउन आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकाका चारैतर्फका नाकाबाट आवतजावत गर्ने निजी तथा सार्वजनिक सवारी साधनका चालक, सहचालक र यात्रुलाई प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको हो ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ७ : ३३ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका