आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल


३ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६ अगष्ट १९ तारिख। साउन शुक्ल पक्षको सप्तमी तिथि । तुलसीदास जयन्ती, विश्व फोटोग्राफी दिवस र राष्ट्रिय सूचना दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी साथी शान्त रहेकाले सोचेको काम बन्नेछ। परिवारभित्र भने समय दिन नसक्दा खटपटी बढ्नेछ।

वृष : धनलक्ष्मी योग परेकाले दिनलाई सदुपयोग गर्नुपर्ने छ। स्वास्थ्य र शिक्षाको लगानीले हौसला थपिने छ। परिवारमा मनमुटाव हुने जोखिम छ। थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ।

मिथुन : दिन राम्रो छ। व्यापारमा नाफा हुनेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। लगानी गरेको क्षेत्रमा चिट्ठा पर्ने दिन छ।

कर्कट : दिन राम्रो छ। सम्पत्ति बढ्नेछ। राजनीतिक क्षेत्रमा उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

सिंह : दिन सामान्य छ। आफन्त टाढा पुग्नेछन्। अनावश्यक यात्रामा समय र पैसा खर्च हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको साथ र सहयोग मिल्नेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धीको व्यापारबाट नाफा हुनेछ। काम सहज बन्नेछ। परिवारमा रमाइलो घुमघाम तय हुनेछ। धार्मिक यात्रा हुने योग छ।

तुला : दिन राम्रो छ। मानसम्मान मिल्नेछ । शिक्षामा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। कलाको क्षेत्रमा उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। परिवारको विवादबाट जोगिएर काम गर्नु उचित हुन्छ।

वृश्चिक : दिन सामान्य छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। सानो कुराले धेरै सताउने जोखिम रहेको छ। राजनीति र शिक्षामा सुधारका संकेत देखिने छन्। व्यापारमा मिहिनेतको फल प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। पुराना साथीसँगको भेटले नयाँ आयाम थपिने छन्। स्वास्थ्य र शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँगको एकताले मन शान्त भए पनि परिवारको विवादले मन अशान्त बन्नेछ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ। एकल लगानीले घाटा हुने जोखिम छ।

कुम्भ : आज पठनपाठनमा रुची बढ्नेछ । कतै नतिजा कुरेको भए तपाईको पक्षमा नतिजा आउनेछ ।  धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्नेछन्।

मीन : दिन सामान्य छ। आज विवाद बढ्ने भएकाले थोरै बोल्नु उचित हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ। शिक्षा र स्वास्थ्यमा ढिलासुस्ती हुनेछ। रोजगारीका क्षेत्रमा सहकर्मीसँग विवाद बढ्नेछ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  ५ : १५ बजे

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको