भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु « Khabarhub

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ चिकित्सकीय अभिलेखीकरण प्रणाली सुरु गरिएको छ ।

जनावरको टोकाइ, सर्पदंश तथा अन्य विषालु वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटना र चोटपटकका बिरामीको उपचारसम्बन्धी विवरण सङ्कलन तथा अभिलेखीकरण गर्न प्रणाली सुरु गरिएको हो ।

अस्पतालका अनुसार हालसम्म बाँके र बर्दियाका २०५ महिला र १९३ पुरुष गरी ३९८ जनाले यस प्रणालीमार्फत उपचार सेवा पाएका छन् । सङ्कलित विवरणलाई व्यवस्थित रूपमा अध्ययन र विश्लेषण गरी उपचार तथा स्वास्थ्य सेवा सुधारमा प्रयोग गरिने अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्मेटोलोजिस्ट डा. बद्री चापागाईंका अनुसार विषालु सर्प वा अन्य जीवजन्तुको टोकाइबाट उपचारमा आएका बिरामीको अवस्था, जोखिम, घाउ व्यवस्थापन, रेबिज रोकथाम, औषधि तथा शल्यक्रियासम्बन्धी विवरण अभिलेखमा राखिनेछ ।

उनका अनुसार यस प्रणालीबाट अनुसन्धान, स्वास्थ्य सेवा सुधार, उपचार निर्देशिका तथा स्वास्थ्य नीति निर्माणका लागि आवश्यक तथ्याङ्क उपलब्ध हुनेछ । साथै, कृत्रिम बुद्धिमत्तामा आधारित अध्ययन तथा अन्तर्राष्ट्रिय सहकार्यमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अस्पतालका अनुसार पछिल्लो करिब १५ दिनमा जनावरले टोकेका ३३४ र सर्पले टोकेका ५४ जनाको उपचार गरिएको छ । गत वर्ष मात्रै सर्प वा अन्य जनावरको टोकाइबाट घाइते भएका ८० जनाले भेरी अस्पतालमा उपचार गराएका थिए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले जनावरको टोकाइबाट उपचारका लागि आउने बिरामीको विवरणलाई ‘बाइट रजिस्ट्र्री’ मा राखेर अध्ययन सुरु गरिएको बताए । उनका अनुसार यो विद्युतीय स्वास्थ्य अभिलेखमा आधारित अनुसन्धानको पहिलो संस्थागत परियोजना हो ।

डा. दर्नालले अभिलेखीकरणबाट अध्ययन, अनुसन्धान र प्रमाणमा आधारित चिकित्सकीय सेवा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यसले बिरामीलाई छिटो उपचार दिनुका साथै औषधिको अभावलगायत समस्या पहिचान गर्नसमेत सहयोग पुग्ने बताए । अनुसन्धान टोलीमा डा. बद्री चापागाईंको नेतृत्वमा विभिन्न विभागका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी छन् ।

अस्पतालका अनुसार गत साउन १६ गतेदेखि सुरु गरिएको यो अध्ययन निरन्तर सञ्चालन हुनेछ । अध्ययनमा कुकुरलगायत अन्य जनावरको टोकाइ, सर्पदंश, कीराफट्याङ्ग्रा तथा अन्य विषालु वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटनाको एकीकृत अभिलेख राखिनेछ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ७ : ५८ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी