पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू) « Khabarhub

पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू)


३ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय राजधानी पोखरा पुगेका छन् ।

उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन श्रीमती कोमल सेठसहित पोखरा पुगेका हुन् ।

उनले बुधबार बिहान पोखरा रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालय भ्रमण गरे । 

त्यहाँ भारतीय भूतपूर्व सैनिकसँग आयोजित भेटघाट कार्यक्रममा सहभागी भए । उनले नेपाल भारतमैत्री विद्यालयका विद्यार्थीलाई मिठाइ पनि वितरण गरे ।

उनी बिहान ९ः३२ बजे नेपाली र भारतीय सेनाको १६ जनाको टोलीसहित पोखरा ओर्लिएका थिए । त्यहाँबाट सिधै पेन्सन क्याम्प पुगे । त्यहाँ करिब २५ मिनेटसम्म कार्यक्रम चल्यो ।

पोखरामा दुई घण्टा बिताएर ११ः४५ बजे नेपाली सेनाको जहाजमा उनी काठमाडौं फर्किएका छन् । उनी आजै भारत फर्कने कार्यक्रम छ ।

गत साउन ३१ मा नेपाल आएका उनले राष्ट्रपतिबाट नेपाली सेनाको महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाहसहित उच्चस्तरीय भेटवार्ता पनि गरे ।   

तस्बिर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  १२ : ३६ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा