पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू) « Khabarhub

पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू)


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय राजधानी पोखरा पुगेका छन् ।

उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन श्रीमती कोमल सेठसहित पोखरा पुगेका हुन् ।

उनले बुधबार बिहान पोखरा रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालय भ्रमण गरे । 

त्यहाँ भारतीय भूतपूर्व सैनिकसँग आयोजित भेटघाट कार्यक्रममा सहभागी भए । उनले नेपाल भारतमैत्री विद्यालयका विद्यार्थीलाई मिठाइ पनि वितरण गरे ।

उनी बिहान ९ः३२ बजे नेपाली र भारतीय सेनाको १६ जनाको टोलीसहित पोखरा ओर्लिएका थिए । त्यहाँबाट सिधै पेन्सन क्याम्प पुगे । त्यहाँ करिब २५ मिनेटसम्म कार्यक्रम चल्यो ।

पोखरामा दुई घण्टा बिताएर ११ः४५ बजे नेपाली सेनाको जहाजमा उनी काठमाडौं फर्किएका छन् । उनी आजै भारत फर्कने कार्यक्रम छ ।

गत साउन ३१ मा नेपाल आएका उनले राष्ट्रपतिबाट नेपाली सेनाको महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाहसहित उच्चस्तरीय भेटवार्ता पनि गरे ।   

तस्बिर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  १२ : ३६ बजे

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले