बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग « Khabarhub

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।  

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले उक्त घटनामा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका हुन् । 

बैठकमा रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया अबोध बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनामा बालिका हराएको जानकारी गराएको २४ घण्टासम्म पनि इलाका प्रहरी कार्यालय सिमराबाट कुनै खोजी वा कारबाही अघि नबढाइएको बताए ।

घटना दर्ता भएपछि प्रत्येक घण्टा प्रहरीले के–कस्ता कदम चाल्यो भन्ने स्पष्ट ’एक्सन लग’ सार्वजनिक गर्नुपर्ने र दोषी प्रहरी अधिकारीहरूमाथि कारबाही हुनुपर्ने उनले माग गरे ।

उनले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा यस्ता जघन्य अपराध रोक्न गृह मन्त्रालयलाई तत्काल गम्भीर हुन आग्रह समेत गरे ।

अन्य सांसदहरूले पनि उक्त घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । सिमरामा मृत अवस्थामा फेला परेकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  

प्रहरीका अनुसार जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । 

उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो ।
 

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ४ : ४० बजे

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित