‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’ « Khabarhub

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

उनले वालेन्द्र शाह नेतृत्वको यो सरकार पाकिस्तानी मोडलमा सञ्चालन भइरहेको र विस्तारै उत्तर कोरियाली मोडलतर्फ अघि बढिरहेको आरोप लगाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले नेपाललाई ‘दोस्रो खम्पा विद्रोह’को थलो बन्न नदिने बताए। उनले छिमेकी चीनविरुद्ध नेपाललाई प्रयोग हुन नदिने भन्दै सरकारले तिब्बती गतिविधिलाई खुला रूपमा अनुमति दिएको आरोप लगाए।

‘हामी नेपाललाई दोस्रो खम्पा विद्रोहको ठाउँ हुन दिँदैनौँ। टीओबीहरू प्रयोग गरेर छिमेकी चीनविरुद्ध गतिविधि गर्न दिँदैनौँ। सरकारले खुलेआम तिब्बतीलाई गतिविधि गर्न दिएको छ। तिब्बती सम्मेलन गर्न खोजेको छ,’ उनले भने।

थापाले वर्तमान सरकार लोकतन्त्रको विरोध गर्न बनेको दाबीसमेत गरे। ‘देशको खरानीबाट निस्किएको सरकारबारे यसअघि सुशीला कार्कीले पनि भनिसक्नुभएको छ। वालेन्द्र सरकार लोकतन्त्रको विरोध गर्न बनेको हो,’ उनले भने।

उनले सरकारको आधार ‘आर्मी, अल्गोरिदम र अमेरिका’ रहेको आरोप लगाए। यी तीनै पक्षको साथ विस्तारै घट्दै जाँदा प्रधानमन्त्री वालेन्द्र शाह एक्लिँदै गएको उनको दाबी थियो।

‘यो सरकारको स्रोत आर्मी, अल्गोरिदम र अमेरिका हो। अहिले यी तीनैले साथ दिन छाड्दै जाँदा वालेन्द्र एक्लिँदैछन्। त्यसैले यो सरकारको मुखिया वालेन्द्र शाहले एक्लो भएको महसुस गर्दैछन्,’ थापाले भने।

थापाले मुलुकमा महँगी, बेरोजगारी र आर्थिक संकट बढेको भन्दै सरकारको आलोचना गरे। महँगीले आकाश छोएको, बेरोजगारीले धर्ती ढाकेको र मानिसहरू भोकभोकै बस्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।

उनले उद्योगीमाथि धरपकड बढेको, खर्बौँ रुपैयाँको लगानी विदेशिन थालेको र बैंकबाट लगानी गर्ने वातावरण नरहेको बताए। राज्यको ‘आतंक’का कारण भएको पुँजीसमेत निष्क्रिय रहेको र शेयर बजार ध्वस्त भएको उनको दाबी थियो।

सरकारको कु–प्रबन्धका कारण तेल र ग्यासको समेत हाहाकार भएको थापाले बताए।

‘यो निर्दयी सरकारले गरिब जनताले सीमापारिबाट ल्याएको एक किलो चिनी, एक दर्जन केरा खोस्छ। तर विमानस्थलबाट रेड लेबलसहितका महँगा मदिरा र आईफोन ल्याउन दिन्छ,’ उनले भने।

थापाले सरकारप्रति जनताको असन्तुष्टि बढिरहेको दाबी गर्दै भने, ‘भोका जनताले गाँस माग्छन् तर यो सरकारले तातो गोली दिन्छ। देशका कुनाकुनामा देखिने दृश्यले यही कथा सुनाइरहेका छन्।’

उनले मुलुकका समस्या समाधान गर्न सरकारसँग कुनै परिणाममुखी योजना नरहेको आरोप लगाए।

‘मुलुकको समस्याको परिणाममुखी समाधान के हुन सक्छ? यो सरकारसँग कुनै योजना छैन,’ उनले भने।

थापाले प्रधानमन्त्री शाहलाई राष्ट्रियता र जनजीविकाका मुद्दामा फर्किन आग्रह गरे। उनले प्रधानमन्त्री शाह लोकतन्त्र र संसद्प्रति जिम्मेवार बन्नुपर्ने तथा राज्यसत्ता र संख्याको बलमा नभई ऐन–कानुनअनुसार सरकार सञ्चालन गर्नुपर्ने बताए।

‘प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रियता, जनजीविकाका मुद्दामा अब फर्किनुपर्छ। प्रधानमन्त्री शाह लोकतन्त्र र संसद्प्रति जिम्मेवार हुनुपर्छ। प्रधानमन्त्री संख्या र राज्यसत्ताको बलमा होइन, ऐन–कानुनबाट चल्नुपर्छ,’ थापाले भने।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ४ : ३२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित