‘तिब्बतीहरूको गतिविधि बढ्नु सरकारको नीति खतरनाक विचलन, गुम्बामा हतियार लुकाइएको हुन सक्छ’ « Khabarhub

‘तिब्बतीहरूको गतिविधि बढ्नु सरकारको नीति खतरनाक विचलन, गुम्बामा हतियार लुकाइएको हुन सक्छ’


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले यो सरकारका कारण राष्ट्रियता, लोकतन्त्र र जनजीविका ओझेलमा परेको बताए । उनले यी विषयमा सरकार छोटो समयमै असफल देखिएको आरोप पनि लगाए ।

पूर्वगृहमन्त्रीसमेत रहेका थापालले सरकारको विदेश नीति तथा राष्ट्रिय सुरक्षा रणनीतिमा गम्भीर विचलन आइरहेको जिकिर गरेका छन्। उनले नेपाली भूमिलाई उत्तरी छिमेकी मुलुक चीनविरुद्ध गतिविधि गर्ने थलो बन्न नदिन सरकारले ख्याल गर्नुपर्ने पनि बताएका छन्।

नेपाललाई फेरि ‘खम्पा विद्रोह’जस्तो गतिविधिको केन्द्र बनाउने प्रयासमा सरकार रहेको पनि उनले बताए। थापाले त्यस्तो गतिविधि हुन नदिने कडा चेतावनी दिँदै तिब्बती शरणार्थीका नाममा भएका गतिविधिहरूप्रति सरकारको व्यवहारमा कडा आपत्ति जनाएका छन्।

‘हामी नेपाललाई दोस्रो खम्पा विद्रोह हुने ठाउँ हुन दिँदैनौँ। टीओबीहरू प्रयोग गरेर छिमेकी चीनविरुद्ध गतिविधि गर्न दिँदैनौँ’, उनले भने, ‘सरकारले तिब्बतीहरूलाई खुलेआम गतिविधि गर्न दिइरहेको छ। तिब्बती सम्मेलन नै गर्न खोजेको छ।’

उनले सम्बोधनका क्रममा सरकारले तिब्बत मामिलालाई संवेदनशील नठानेको बताए । उनले एक चीन नीतिविरुद्ध हुने कुनै पनि गतिविधिमा सरकारले पर्याप्त सावधानी नअपनाएको आरोप लगाए। पश्चिमी कूटनीतिज्ञ र तिब्बतसँग सम्बन्धित संस्थाहरूको गतिविधिबारे पनि उनले प्रश्न गरेका छन्।

दलाई लामाको जन्मोत्सवका नाममा यसै वर्ष नेपालमा भएका गतिविधिमा राजनीतिक उद्देश्य जोडिएको बताए। त्यसलाई नेपालको आन्तरिक मामिला र छिमेकीसँगको सम्बन्धका दृष्टिले गम्भीर विषय भएको पनि उनले बताएका छन्।

‘बालेन नेतृत्वको सरकारले तिब्बतीयन ओरिजिन ब्लड (टीओबी) र पश्चिमी कूटनीतिज्ञलाई दलाई लामाको जन्मोत्सव मनाउने बहानामा खुलेआम राजनीतिक गतिविधि दिएको छ,’ उनले भने ।

थापाले गत वर्ष भदौमा भएको जेन-जी आन्दोलनबाट सत्ता परिवर्तन हुँदा सुशीला कार्की र वालेन्द्र शाहलाई दलाई लामाबाट आएको बधाई उनले गम्भीर मानेका छन्। अहिले नेपालमा तिब्बती संस्थाहरूको गतिविधि तीव्र भएको पनि उनले बताए।

त्यस प्रकरणमा उतिबेलै चीन सरकारले चेतावनीसहित गम्भीर चासो व्यक्त गरेको जनाउँदै नेपालको परराष्ट्र नीतिमा सरकार थप जिम्मेवार हुनुपर्ने पनि उल्लेख गरे

चीनको आपत्तिपछि नेपालमा आयोजना गर्न लागिएको तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गरिएको पनि उनले बताए । यस्तो विषयले नेपालको विदेश नीति र छिमेकी मुलुकसँगको सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्ने चेतावनी उनले दिए ।

थापाले तिब्बती शरणार्थी रहेका क्षेत्रमा ठूलो मात्रामा शक्ति सङ्ग्रह भइरहेको भन्ने केही शोधकर्ताहरूको दाबी गरेको प्रतिनिधिसभामा सुनाए । गत भदौको जेन-जी आन्दोलनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट लुटिएका हतियार तिब्बतीहरू बस्ने क्षेत्र र गुम्बाहरूमा लुकाइएको हुन सक्ने आशङ्का व्यक्त भएको पनि उनले बताए । देशका सुरक्षा निकायले यसमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने तर्क उनको थियो।

निर्वासित तिब्बतीहरूलाई मानवीय आधारमा शरण दिइएको बताएका उनले तिनीहरूलाई राजनीतिक शरणार्थीको मान्यता नदिइएको सरकारलाई सम्झाए।

नेपालको राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति र छिमेकी मुलुकसँगको सम्बन्धमा कुनै पनि बाह्य प्रभाव आउन हुन नदिन सरकारलाई उनले सचेत गराए। नेपाली भूमि कुनै छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने स्पष्ट नीति लिन पनि उनले सरकारालई सुझाए।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ४ : ५० बजे

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त,

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने

चारदिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ

काठमाडौं– चारदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज