काठमाडौँ – २०८३ साल असोज ३ गते शनिबार सन् २०२६ सेप्टेम्बर १९ तारिख। भाद्र शुक्ल पक्षको अष्टमी तिथि। संविधान दिवस, राधा जन्मोत्सव र गोरखकाली पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। आज २०८३ साल असोज ३ गते शनिबारको राशिफलका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन सामान्य छ। व्यापार सुरु नगर्नु उचित हुनेछ। कुनै काम गर्नु परेमा अरुको सहयोग लिनुपर्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ कामको सुरुवात हुनेछ। साथीसँग बोल्दा सचेत बन्नुपर्ने दिन छ।
वृष : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि योजना सफल बन्नेछ। आज बनेको योजना दीर्घकालसम्म रहने छ। धार्मिक अभियान्तासँगको सहकार्यले मन शान्त बन्नेछ। परिवारमा धोरै बोलेर अगाडि बढ्दा फाइदा हुनेछ।
मिथुन : उत्तम दिन छ। ठुला व्यक्तिसँगको संगतले मानसिक अप्ठेरो हट्नेछ। दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ।
कर्कट : दिन धेरै राम्रो छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। सोचेका काम बन्नेछ। शैक्षिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त हुनेछ।
सिंह : दिन सामान्य छ। जिम्मेवारी थपिने दिन छ। कृषि क्षेत्रको लगानीबाट फाइदा हुनेछ। आज सोचेका काम नबन्दा मन खिन्न हुनेछ। आफन्तबाट धोका हुने खतरा छ। प्रेम सम्बन्धमा मनमुटाव हुनेछ।
कन्या : दिन राम्रो छ। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने समय आएको छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।
तुला : दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछन्। साथीभाइको सहयोग मिल्नेछ।
वृश्चिक : दिन राम्रो छ। तपाईंको प्रतिभाको प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको प्रशंसा सुन्न पाइने छ। परिवार भित्र भने तनाव बढ्ने जोखिम छ।
धनु : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले काम सहजै बन्नेछ। मनमा लागेका कुरा सार्वजनिक गर्नु राम्रो हुनेछ। विपक्षीले प्रशंसा गर्नेछन्। परिवारको साथ र सहयोग मिल्नेछ।
मकर : दिन सामान्य छ। बोल्दा सोच्नुपर्ने दिन छ। व्यापार स्थिर रहने छ। खर्च बढ्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा भने सुधारका संकेत भेटिनेछन्। राजनीतिक क्षेत्रमा जोस र जाँगर बढ्नेछ।
कुम्भ : आर्थिक दृष्टिले दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। धेरै तर्क नगर्नु उचित हुनेछ। दान गरेर दिनको सुरुवात गरेमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
मीन : दिन राम्रो छ। मनमा उत्साह थपिनेछ। साथीसँग नम्र भावका साथ बोल्नुपर्नेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।













प्रतिक्रिया