बाढीले भत्काएको बिरेठाँटी सडकमा यातायात सञ्चालन « Khabarhub

बाढीले भत्काएको बिरेठाँटी सडकमा यातायात सञ्चालन


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेर यातायात सेवा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ। 

गत साउन २८ गतेको बाढीले बिरेठाँटीमा १०० मिटर पक्की सडक बगाउँदा अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ (साविक दाङसिङ र घान्द्रुक गाविस) मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग सडक सम्पर्कबाट विच्छेद भएका थिए ।

 ती वडालाई जोड्ने मुख्य नाकाका रूपमा रहेको बिरेठाँटीको सडक पुनः मर्मत गरिएपछि स्थानीयवासी तथा पर्यटकलाई आवतजावतमा सहज भएको छ ।  

गाउँपालिका, गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय कास्की, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) तथा उपल्लो मोदीखोलामा सञ्चालित जलविद्युत् आयोजनाको समन्वय र सहकार्यमा गत भदौ २ गतेदेखि सडक मर्मत सम्भार थालिएको र शुक्रबारदेखि सडकमा यातायात सेवा सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए।

उनका अनुसार बिरेठाँटीमा मोदीखोलाको बहाव डाइभर्सन गरी ग्याबिन जाली भर्ने र ब्याकफिलिङ गर्ने काम सकिएको तथा आवश्यक संरचना निर्माण तथा सडक मर्मत सम्पन्न गरी यातायात सेवा सञ्चालनमा ल्याइएको छ । 

‘नयाँपुल– बिरेठाँटी–घान्द्रुक सडकको मुख्य नाकाका रुपमा रहेको बिरेठाँटीको अवरोध सबैको साथ र सहयोगबाट हटेको छ । हाल सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सफल भएका छौँ । यसबाट नागरिकलाई केही सहज भएको छ’, केसीले भने ।

बिरेठाँटीमा सडक सञ्चालन भएपनि अझै घान्द्रुकसँग भने सिधा सम्पर्क अझै स्थापित भइसकेको छैन । घान्द्रुक बसपार्कसम्म पुग्ने सडकको सिउँरेमा सडक मर्मतको काम भइरहेकाले अझै केही दिन लाग्ने गाउँपालिकाले जनाएको छ ।  

‘बिरेठाँटीको सडक खुलेसँगै उल्लेरी हुँदै पर्यटकीय गन्तव्य पुनहिल र घोडेपानी जान सहज भएको छ । बिरेठाँटी र चिमरुङ तमुचोकसम्मको सडक खुलेपछि धेरै सहज भएको छ अब केही दिनमा घान्द्रुकसम्मनै खुलाउने प्रयासमा छौँ । ‘

गाउँपालिका प्रवक्ता भरतमान गुरुङले भने। सडक पुनःनिर्माणका लागि गण्डकी प्रदेश सरकारले आवश्यक ग्याबिन तारजाली उपलब्ध गराएको थियो । नेपाल विद्युत् प्राधिकरणद्वारा प्रवद्धित उपल्लो मोदी हाइड्रोपावर कम्पनी तथा लान्द्रुक मोदी हाइड्रोपावर कम्पनीले एक्साभेटरलगायत निर्माण उपकरण उपलब्ध गराएका थिए । एक्साभेटर तथा टिपर सञ्चालनमा लाग्ने डिजेल र अन्य व्यवस्थापन खर्च गाउँपालिकाले व्यहोरेको प्रवक्ता गुरुङले बताए।

नेपाली सेनाका ४५ जनाले भदौ १० गतेदेखि असोज २ गतेसम्म ग्याबिन भर्ने काममा श्रमदान गरेका थिए । सडकको अर्को खण्डमा भने गाउँपालिकाले बोलपत्रमार्फत निर्माण व्यवसायी परिचालन गरी ग्याबिन भर्ने काम गरेको थियो । 

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ६ : ३० बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको