नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा « Khabarhub

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न भएको सात वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन् ।

साविक रमदैया भवाडी गाविसका वडा नं २, ३, ४, ६, ७ र ८ का ती परिवारको जग्गाको नाप नक्सा विसं २०७४ मै सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसक्दा पुर्जा वितरण हुन सकेको थिएन।

क्षीरेश्वरनाथ नगरपालिकामा आज आयोजित कार्यक्रममा नगरप्रमुख सुखदेव यादवले जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरे। नाप नक्सा सम्पन्न भइसकेका नगरपालिका–२ का २४२ परिवारलाई भोलि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी रहेको नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारले जानकारी दिए ।

नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गर्न थालिएको उनले बताए।

यसअघि भदौ २९ गते हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस-३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ७ : ०४ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा