कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै « Khabarhub

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न इच्छुक विद्यार्थीको सङ्ख्या बढेको छ । गत वर्षको तुलनामा यस वर्ष प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीको सङ्ख्या बढेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा ऋषिराम कट्टेलका अनुसार गत शैक्षिक सत्रमा एक हजार ५०८ ले प्रवेश परीक्षा दिएकामा यस वर्ष एक हजार ६८७ जनाले आज प्रवेश परीक्षा दिएका छन् ।

विश्वविद्यालयले देशका विभिन्न छ ठाउँबाट एकैसाथ प्रवेश परीक्षा लिएको हो । विगतका वर्षहरूमा काठमाडौँ, हेटौँडा र चितवनको रामपुरमा मात्रै परीक्षा दिने व्यवस्था गरिएको थियो । यस वर्ष रामपुरबाट ५६८, काठमाडौँबाट ७०६, हेटौँडाबाट ६५, इटहरीबाट १४५, जनकपुरबाट ९१ र नेपालगञ्जबाट ११२ जनाले प्रवेश परीक्षा दिएका कट्टेलले जानकारी दिए ।

यस वर्ष फारम भर्नेको सङ्ख्या एक हजार ८०१ रहेकामा ११४ जना परीक्षामा उपस्थित भएका छैनन् । विश्वविद्यालयको केन्द्रीय क्याम्पस र आङ्गिक गरी नौ ठाउँमा ८५४ जना विद्यार्थीले पढ्न पाउँछन् । यस्तै सम्बन्धन प्राप्त आठ वटा निजी क्याम्पसमा ४०० जनाले अध्ययन गर्ने अवसर पाउँछन् । ती सबै जोड्दा एक हजार २५४ जनाले अध्ययन गर्न पाउनेछन् ।

तीमध्ये १२ जना विदेशी विद्यार्थी पनि पर्दछन् । उनीहरू प्रवेश परीक्षामा सहभागी हुनुपर्दैन । उपकुलपति प्रा डा कट्टेलले यस वर्ष विद्यार्थीको सङ्ख्या बढेकाले आङ्गिक र निजी सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी पुग्ने बताए । गत वर्ष आठ वटा आङ्गिकमध्ये पाँच वटा विद्यार्थीको अभावमा नयाँ भर्ना भएका थिएनन् । निजी आठ वटा क्याम्पसले विद्यार्थी नपाउँदा बन्द छन् ।

कट्टेलले विद्यार्थी नपुगे आङ्गिक क्याम्पसलाई अनुसन्धान, नवपर्वतन र प्रसार केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । विद्यार्थी नपुगेमा २१ दिनभित्र पुनः प्रवेश परीक्षा समेत गरिने उनले बताए । प्रा डा कट्टेलले देशभरका क्याम्पसमार्फत प्रचारप्रसार गरी देशका छ ठाउँमा प्रवेश परीक्षा गरिएको र पाठ्यक्रम परिमार्जनसँगै गुणस्तरमा विकास हुँदा विद्यार्थीको आकर्षण बढेको बताए ।

यस विश्वविद्यालयमा कृषि, पशु चिकित्सा विज्ञान तथा पशुपालन, मत्य विज्ञान र वन विज्ञान, विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधिको अध्यापन हुन्छ । कृषि सङ्कायका डिन प्रा डा सुन्दर तिवारीले पाँच विदेशी विद्यार्थीको आवेदन प्राप्त भएको बताए । ती विद्यार्थी भारत र बंगलादेशका हुन् ।

परराष्ट्र मन्त्रालय मार्फत् अन्य विद्यार्थी आउने अपेक्षा गरिएको छ । विश्वविद्यालयमा तीन सङ्कायमा गरी विदेशी १२ जना विद्यार्थी यस शैक्षिक सत्रबाट भर्ना गरिँदै छ । तीमध्ये पाँच जना कृषि, तीन पशु चिकित्सा, एक मत्स्य विज्ञान र तीन जना वन विज्ञानका रहेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ४ : ४९ बजे

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको