बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग « Khabarhub

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई तत्काल राहत तथा सहयोगस्वरूप रु एक/एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

महासङ्घले बाढीमा परेका नयाँ पत्रिका शाखाका सदस्य तथा महासङ्घका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, भक्ततपुर शाखाका पूर्वसल्लाहकार शेखर ढुङ्गाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई जनही रु एक लाख उपलब्ध गराउने भएको हो ।

पत्रकार थामीको आजै कुशको शव बनाइ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । यस्तै, परिवार तथा घरबाससमेत गुमाएका रसुवा शाखाका सदस्य निराजन पौडेललाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराइने भएको छ ।

महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा अन्य प्रभावित पत्रकार र सञ्चारमाध्यमका सवालमा महासङ्घका सम्बन्धित जिल्ला शाखामार्फत प्राप्त हुने क्षतिको तथ्याङ्क विवरण र आवश्यकताका आधारमा मापदण्ड तयार पारी सोहीअनुसार सहायता वितरण गरिने जनाइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ६ : ०० बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा