देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू « Khabarhub

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको घटनालाई लिएर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भ्रमपूर्ण विवरण सम्प्रेषण भएको भन्दै प्रहरीले यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा गोली प्रहारबाट मानिसको मृत्यु तथा घाइते भएको भन्ने विवरण सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रसारित भएको उल्लेख गर्दै त्यस्तो विवरण भ्रमपूर्ण रहेको जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ः२५ बजे दुई यादव समूहबीच झडप भएको थियो। झडपमा देवानगञ्ज–१ का २४ वर्षीय निरकुमार यादव घाइते भएका छन् । उनको पुठ्ठामा चोट लागेको र विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णुकुमार यादव र सोही ठाउँका २६ वर्षीय ‘लाली’ भन्ने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे आधिकारिक विवरण नबुझी सामाजिक सञ्जालमा आएका सूचनाका आधारमा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ। घटनाको यथार्थ बुझेर तथ्यपरक समाचार सम्प्रेषण गर्न प्रहरीले अनुरोध गरेको हो ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ९ : ४४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा