विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध « Khabarhub

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका प्रमुख सडकहरू आंशिक तथा पूर्ण रूपमा प्रभावित भएका हुन्।

गोरखाको आरुघाट गाउँपालिका-२, ३ र धार्चे गाउँपालिका-९ नयाँपुल जोड्ने सोतिस्थित फलामे पुल तथा आरुघाटबाट धादिङ जोड्ने सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

यसैगरी, म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बेनी-जोमसोम सडक खण्डमा खसेको पहिरोका कारण सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ। यता कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेस्थित कर्णाली राजमार्गमा पनि पहिरो जाँदा यातायात एकतर्फी रूपमा सुचारु गराइएको छ।

अवरुद्ध बनेका सडकहरूलाई पूर्ण रूपमा सुचारु गराउन सम्बन्धित निकाय र प्रहरी टोली खटिरहेको जनाइएको छ। साथै, जोखिमपूर्ण सडक खण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ७ : ५९ बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य