ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने « Khabarhub

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको अवसरमा अस्ट्रेलियाको सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ।

आगामी अक्टोबर २६ (कात्तिक ९ गते) सोमबार सिड्नीस्थित लोअर टाउन हलमा आयोजना हुने एक्स्पोमा ५० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ।

बिहान ११ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म सञ्चालन हुने एक्स्पो अस्ट्रेलियामा अध्ययनरत, उच्च शिक्षा हासिल गर्न चाहने तथा करियर र माइग्रेसनसम्बन्धी परामर्श खोजिरहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गर्न लागिएको हो।

एक्स्पोमा सहभागी विद्यार्थीले विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर थप अध्ययनका विकल्प, कोर्स परिवर्तन, भर्ना प्रक्रिया, छात्रवृत्ति तथा करियर विकासका अवसरबारे जानकारी लिन सक्नेछन्। त्यस्तै, आफ्नो शैक्षिक योग्यता र व्यक्तिगत परिस्थितिअनुसार उपलब्ध माइग्रेसनका सम्भावित मार्ग, भिसा प्रक्रिया र आवश्यक मापदण्डबारे पनि परामर्श लिन सक्ने आयोजकले जनाएको छ।

सन् २००६ मा स्थापना भएको ग्रेस इन्टरनेशनलले नेपाल, अस्ट्रेलियालगायत विभिन्न देशमा शैक्षिक तथा आप्रवासन परामर्श सेवा प्रदान गर्दै आएको छ। संस्थाले ‘कनेक्टिङ लाइफ एन्ड लर्निङ’ भन्ने नारासहित दुई दशकको अनुभवलाई विद्यार्थीका बदलिँदा शैक्षिक, व्यावसायिक र आप्रवासनसम्बन्धी आवश्यकतासँग जोड्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेको हो।

एक्स्पोमा ग्रेस इन्टरनेशनलका सहसंस्थापक तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष एन्ड्र्यु पौडेल पनि सहभागी हुनेछन्। उनले अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरी उनीहरूका शैक्षिक, व्यावसायिक र व्यावहारिक समस्या, चुनौती तथा सुझाव सुन्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

पौडेलले विद्यार्थीका वास्तविक अनुभव र समस्यालाई बुझेर उनीहरूका आवश्यकता सम्बोधन गर्न सम्बन्धित सरोकारवालासँग संवाद अघि बढाउनु महत्त्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार एक्स्पो शैक्षिक संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने अवसरका साथै नेपाली विद्यार्थीका अनुभव, समस्या र भविष्यका सम्भावनाबारे छलफल गर्ने साझा मञ्चसमेत हुनेछ।

सन् १८८९ मा निर्माण सम्पन्न भएको सिड्नी टाउन हलमा आयोजना हुने एक्स्पोमा सहभागी हुन अस्ट्रेलियामा अध्ययनरत नेपाली तथा अन्य अन्तर्राष्ट्रिय विद्यार्थीलाई आयोजकले आग्रह गरेको छ। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  १० : २६ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा