बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते « Khabarhub

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

सबैलाबाट धनुषाधामतर्फ जाँदैगरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९०३१ नम्बरको बसले गएराती ठक्कर दिदाँ मोटरसाइकल चालक धनुषाधाम नगरपालिका ७ निवासी २० वर्षीय धिरज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते धिरजलाई तत्काल उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याइएकोमा तत्काल चिकित्सकले मृत घोषणा गरेको हो । 

सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार  १६ वर्षीय निरज मण्डल र लक्ष्मीनियाँ गाउँपालिका २ निवासी २० वर्षीय राकेश मण्डल घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए। 

घाईते मध्ये निरजको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घाइते दुबै जनाको जनकपुरधामस्थित योगी ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने बस र चालक धनुषाधाम नगरपालिका २ निवासी २२ वर्षीय नागेन्द्र महरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ११ : ४४ बजे

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज