एनपीएल दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै « Khabarhub

एनपीएल दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो क्वालिफायर खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

अंक तालिकाको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको सुदूरपश्चिम पराजित भएपछि फाइनल पुग्ने दोस्रो अवसरका रूपमा दोस्रो क्वालिफायर खेल्न लागेको हो । यता, चितवनले भने बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ६१ रनले पराजित गर्दै सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो ।

एलिमिनेटरमा पहिले ब्याटिङ गरेको चितवनले कमिल मिशाराको अविजित १२० रन र रवि बोपाराको ५३ रनको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २०४ रनको विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको काठमाडौँ रिजन ढकालको ४ र उसामा मिरको ३ विकेटको घातक बलिङसामु १४३ रनमै समेटिएको थियो ।

उत्कृष्ट लयमा देखिएको चितवन सोही लयलाई निरन्तरता दिँदै फाइनल पुग्ने दाउमा छ भने सुदूरपश्चिम पहिलो क्वालिफायरको हार बिर्साउँदै उपाधि नजिक पुग्ने लक्ष्यमा मैदान उत्रनेछ ।सुदूरपश्चिम लगातार दुई सिजनको उपविजेता टिम हो ।

पहिलो सिजन जनकपुर बोल्टस र दोस्रो सिजन लुम्बनीनी लायन्ससँग पराजित भएकी सुदूर तेस्रो पटक उपाधि उचाल्ने होडमा छ । चितवन भने पहिलो पटक उपाधि नजिक पुगेको हो ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ६ : ०७ बजे

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु र उपत्यकामा तुवाँलो

काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक

एनपीएल दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि बिहीबार

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल मङ्सिर ३ गते बिहीबार सन् २०२६

आज २०८३ साल मङ्सिर ३ गते बिहीबार राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर ३ गते बिहीबार सन् २०२६

चोरीका गरगहना र नगदसहित पक्राउ

काठमाडौं – काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको