आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु र उपत्यकामा तुवाँलो « Khabarhub

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु र उपत्यकामा तुवाँलो


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बदली रहेको छ । तराईका भाग, उपत्यका तथा खोँचका धेरै स्थानमा तुवाँलो र हुस्सु लागेको छ ।

आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ६ : १८ बजे

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु र उपत्यकामा तुवाँलो

काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक

एनपीएल दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि बिहीबार

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल मङ्सिर ३ गते बिहीबार सन् २०२६

आज २०८३ साल मङ्सिर ३ गते बिहीबार राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर ३ गते बिहीबार सन् २०२६

चोरीका गरगहना र नगदसहित पक्राउ

काठमाडौं – काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको