मौलिक संस्कृति र परम्परागत सीपलाई उद्यमसँग जोड्दै व्यासको बेनीकोट « Khabarhub

मौलिक संस्कृति र परम्परागत सीपलाई उद्यमसँग जोड्दै व्यासको बेनीकोट


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – व्यास नगरपालिका–१३ छापडाँडा भञ्ज्याङस्थित बेनीकोटलाई उद्यमशीलतायुक्त सांस्कृतिक गाउँका रूपमा विकास गरिने भएको छ । कृषि तथा पर्यटन प्रवर्द्धनमार्फत स्थानीय समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित १ करोड ५० लाख रुपैयाँ बराबरको परियोजना सञ्चालन हुन लागेको हो ।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत ‘उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ बेनीकोट (कृषि तथा पर्यटन प्रवर्द्धन परियोजना)’ कार्यान्वयनमा ल्याउन लागिएको हो । कुल बजेटमध्ये प्रदेश सरकारले ७५ प्रतिशत अर्थात् १ करोड १२ लाख ५० हजार रुपैयाँ र व्यास नगरपालिकाले २५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार रुपैयाँ लगानी गर्नेछन् । परियोजना २०८३ कात्तिक १६ गतेदेखि सुरु भई २०८४ जेठ ३० गतेसम्म सञ्चालन हुने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।

परियोजनाअन्तर्गत पर्यटकको आवागमन सहज बनाउन र बसाइलाई व्यवस्थित गर्न स्टोन ट्रेल (ढुङ्गे पदमार्ग) र पाहुना घर निर्माण गरिनेछ । यस्तै, व्यावसायिक पशुपालनतर्फ कालो सुँगुरको खोर व्यवस्थापन र प्रवर्द्धनका कार्यक्रम समेटिएका छन् ।

स्थानीय समुदायको परम्परागत पेसा तथा सीप संरक्षणलाई उद्यमसँग जोड्ने योजनाअनुरूप सामुदायिक वनमा बाँस खेती विस्तार गरी भुजेल समुदायको परम्परागत हस्तकला सामग्री निर्माणलाई प्रवर्द्धन गरिने लम्सालले बताए । यसका साथै दलित समुदायको परम्परागत पेसा संरक्षण र व्यावसायिक मौरीपालनलाई पनि प्राथमिकतामा राखिएको छ ।

व्यास–१३ का वडाध्यक्ष वसन्तबहादुर आलेका अनुसार बेनीकोटलाई सांस्कृतिक गाउँका रूपमा स्थापित गर्न आतिथ्यतासम्बन्धी सीप विकास, घरबास (होमस्टे) को स्तरीकरण, स्थानीय सङ्ग्रहालय व्यवस्थापन तथा मगर समुदायको पहिचान, वेशभूषा र मौलिक संस्कृतिको संरक्षणमा जोड दिइनेछ । कृषितर्फ ड्रागन फल खेती विस्तार, रैथाने बाली संरक्षण र सिँचाइ व्यवस्थापनका कार्यक्रम सञ्चालन हुनेछन् ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले स्थानीय स्रोतसाधन, सीप र मौलिक पहिचानलाई आर्थिक गतिविधिसँग जोड्दै गाउँको सामाजिक तथा आर्थिक विकासमा टेवा पुर्‍याउने परियोजनाको मुख्य लक्ष्य रहेको बताए ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ८ : २६ बजे

सी, ट्रम्प र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, युक्रेन र इरान युद्ध मुख्य एजेन्डा

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

मौलिक संस्कृति र परम्परागत सीपलाई उद्यमसँग जोड्दै व्यासको बेनीकोट

तनहुँ – व्यास नगरपालिका–१३ छापडाँडा भञ्ज्याङस्थित बेनीकोटलाई उद्यमशीलतायुक्त सांस्कृतिक गाउँका

कर्णाली करिडोर उत्तर खण्ड निर्माणका लागि दुई निर्माण व्यवसायी छनोट

काठमाडौँ – राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर उत्तर खण्ड (हिल्सा–सिमिकोट

भरतपुर अस्पतालमा बिरामीको घुइँचो : गत वर्षभन्दा १० हजारले बढे सेवाग्राही

चितवन – दसैँ, तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर

बसाइँसराइले गाउँमा चितुवा, दुम्सी र बाँदरको आतङ्क

बागलुङ – बसाइँसराइका कारण छिमेकी गाउँहरू रित्तिएर खेतबारी झाडीमा परिणत