बक्यौता तिर्न र अनुमतिपत्र नवीकरण गर्न २९ कम्पनीलाई प्राधिकरणको १५ दिने अल्टिमेटम « Khabarhub

बक्यौता तिर्न र अनुमतिपत्र नवीकरण गर्न २९ कम्पनीलाई प्राधिकरणको १५ दिने अल्टिमेटम


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने र अनुमतिपत्र नवीकरण नगर्ने २९ दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।

प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै नौ सेवा प्रदायकलाई सरकार र प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम दाखिला गर्न तथा २० सेवा प्रदायकलाई अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिएको हो ।

बक्यौता तिर्नुपर्ने नौ कम्पनीले विगतका आर्थिक वर्षदेखि सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषको रकम तथा त्यसमा लाग्ने थप दस्तुर र जरिवाना बुझाएका छैनन् ।

बक्यौता तिर्नुपर्ने सूचीमा बेनी कम्युनिकेसन्स, ब्रोडब्यान्ड नेपाल, फर्स्टलिंक कम्युनिकेसन्स, क्षिरेश्वर नेटवर्क, लुम्बिनी म्याक्स डिजिटल केबल नेट, मेड इन्फो टेक, प्राइम नेटवर्क, सुबिसु लिमिटेड र युनिफाइड कम्युनिकेसन रहेका छन् ।

त्यस्तै, अनुमतिपत्र नवीकरण नगरेका २० सेवा प्रदायकलाई पनि १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

यस सूचीमा अलिशा कम्युनिकेसन लिंक, एरोनेट, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन, क्लासिक टेक, कम्युनिकेसन एन्ड कम्युनिकेट नेपाल, एभरेस्ट वायरलेस नेटवर्क, जीआरएस लिंक इन्टरनेट सर्भिस, आई जोन, कालिका नेट र खप्तड नेट रहेका छन् ।

त्यसैगरी कनेक्ट नेपाल नेटवर्क्स, मर्कन्टाइल कम्युनिकेसन, नेक्स्ट गिकर्स, नम्बुर नेटवर्क, पोखरा इन्टरनेट, सांग्रिला इन्फर्मेटिक्स, सुपर सितापाइला केबल नेट, टेकमाइन्ड्स नेटवर्क, अल्ट्रानेट कम्युनिकेसन र वेब सर्फर नेपाल कम्युनिकेसन्स सिस्टम पनि प्राधिकरणको निर्देशनमा परेका छन् ।

प्राधिकरणले तोकिएको समयभित्र बक्यौता नबुझाएमा तथा अनुमतिपत्र नवीकरण नगरेमा दूरसञ्चार ऐन, २०५३ को दफा २५ बमोजिम अनुमतिपत्र खारेजीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ९ : ३६ बजे

बक्यौता तिर्न र अनुमतिपत्र नवीकरण गर्न २९ कम्पनीलाई प्राधिकरणको १५ दिने अल्टिमेटम

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने र अनुमतिपत्र नवीकरण नगर्ने २९

एसिया–प्रशान्त सहयोगका लागि २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा

काठमाडौँ- चीनका राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त क्षेत्रमा क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न

चितुवा र दुम्सीको आतंकले जैमिनीका किसानलाई पशुपालन र खेती गर्नै मुस्किल

बागलुङ- बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चितुवा र दुम्सीको आतङ्क बढेपछि किसान

दुबई भ्रमण सकेर फर्किए गृहमन्त्री गुरुङ : सुरक्षा सम्मेलनमा गएर बूढीगण्डकी लगानीको चर्चा

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को

सी, ट्रम्प र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, युक्रेन र इरान युद्ध मुख्य एजेन्डा

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प