एपेकमा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा छ : राष्ट्रपति सी « Khabarhub

एपेकमा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा छ : राष्ट्रपति सी


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सेन्जेन- चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा रहेको बताएका छन्।

दक्षिण चीनको गुआङडोङ प्रान्तस्थित सेन्जेनमा बिहीबार आयोजित एपेकको ३३औँ आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति सीले एसिया–प्रशान्त समुदायलाई थप सुदृढ बनाउन चीन सबै पक्षसँग सहकार्य गर्न तयार रहेको बताए।

उनले क्षेत्रीय आर्थिक समुदायको विकासका लागि बलियो आर्थिक तथा व्यापारिक सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै व्यापार तथा लगानी सहज बनाउने, डिजिटल प्रविधिको विकासलाई तीव्रता दिने र व्यापारिक अवरोध घटाउने प्रयास गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे।

क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारका लागि पूर्वाधार विकास, नीति तथा नियमबीच समन्वय र जनस्तरको आदानप्रदानलाई प्रोत्साहन गर्नुपर्नेमा पनि उनले जोड दिए। यसले सदस्य राष्ट्रका नागरिकबीच आपसी समझदारी र निकट सम्बन्ध विस्तार गर्ने उनको भनाइ थियो।

राष्ट्रपति सीले नवप्रवर्तनलाई क्षेत्रीय विकासको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै डिजिटल पूर्वाधार निर्माण र कृत्रिम बौद्धिकता (एआई) को व्यापक प्रयोगलाई प्रवर्द्धन गर्नुपर्ने बताए।

त्यस्तै, क्षेत्रीय अर्थतन्त्रमा ऊर्जा तथा खाद्य सुरक्षा सुनिश्चित गर्न, सीमापार भ्रष्टाचार नियन्त्रणसम्बन्धी शासन व्यवस्था सुदृढ बनाउन र हरित तथा न्यून कार्बनयुक्त अर्थतन्त्रतर्फको रूपान्तरणलाई सहयोग गर्न उनले आह्वान गरे।

नागरिकको जीवनस्तर सुधार र मानव पुँजीमा लगानी बढाउन पनि सबै पक्षले प्राथमिकता दिनुपर्ने राष्ट्रपति सीको भनाइ थियो।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ११ : १५ बजे

प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव- भारत भ्रमणमा पञ्चेश्वर आयोजना अघि बढाउनू

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको

एपेकमा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा छ : राष्ट्रपति सी

सेन्जेन- चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन

राष्ट्रिय हित र जनताका मुद्दामा एमाले एकताबद्ध हुनुपर्छ : बादल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय हित र जनताका

राप्ती पुलमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

दाङ- दाङको राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

भीमफेदी दुर्घटना अपडेट : तीन जनाको मृत्यु, सात घाइते

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन