सेन्जेनको शक्तिशाली कूटनीतिक दृश्य : सीको पहलमा पुटिन र ट्रम्प एउटै टेबुलमा « Khabarhub

सेन्जेनको शक्तिशाली कूटनीतिक दृश्य : सीको पहलमा पुटिन र ट्रम्प एउटै टेबुलमा


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सेन्जेन – चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एउटै मञ्चमा उभ्याएर विश्वका अन्य कुनै पनि नेताले गर्न नसकेको ऐतिहासिक कूटनीतिक सफलता हासिल गरेका छन्।

चीनको प्रविधि सहर सेन्जेनमा आयोजित एसिया–प्रशान्त क्षेत्रका नेताहरूको आर्थिक शिखर सम्मेलनका क्रममा विश्वका तीन शक्तिशाली राष्ट्रप्रमुखलाई एकै टेबुलमा बसाएर चीनले आफ्नो कूटनीतिक सामर्थ्य प्रदर्शन गरेको हो।

दशकौंसम्म वासिङ्टन र उसका पश्चिमा साझेदारहरूले विश्व व्यवस्थाको स्वरूप निर्धारण गर्दै आएका थिए। तर, अहिले चीनले विश्वका तीन प्रमुख शक्तिशाली पात्रलाई एउटै टेबुलमा आमनेसामने गराएर उल्लेखनीय कूटनीतिक दृश्य सिर्जना गरेको छ।

यसले बेइजिङ अब वासिङ्टन, लन्डन वा ब्रसेल्समा हुने निर्णयमा प्रतिक्रिया मात्र जनाउने अवस्थामा नरही अन्तर्राष्ट्रिय व्यवस्थालाई नै नयाँ स्वरूप दिने बहसको केन्द्रमा आइपुगेको सन्देश दिएको छ।

आर्थिक शिखर सम्मेलनका रूपमा आयोजना गरिएको भए पनि राष्ट्रपति सीका लागि यो कार्यक्रम विश्व अर्थतन्त्र र राजनीतिमा चीनको बलियो पकड देखाउने अवसर बनेको छ।

सम्मेलन भइरहँदा सेन्जेनको भविष्यमुखी झलकले पनि विश्वको ध्यान तानेको छ। सहरका सडकमा चालकविहीन (ड्राइभरलेस) कारहरू गुडिरहेका छन् भने आकाशमा ड्रोन उडिरहेका छन् र सडकमा रोबोटले नृत्य प्रस्तुत गरिरहेका छन्।

यद्यपि, चीनका लागि यो कूटनीतिक क्षण जति उल्लेखनीय छ, त्यति नै चुनौतीपूर्ण पनि देखिएको छ। पुटिन र ट्रम्पसँगको यस भेटवार्तामा राष्ट्रपति सीका लागि केही संवेदनशील विषय छन्, जसबारे उनी खुलेर छलफल गर्न इच्छुक देखिँदैनन्।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  २ : ०२ बजे

इमरान खानको सुरक्षाका लागि उनका छोराले गरे अन्तर्राष्ट्रिय समुदायसँग अपिल

इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जीवन जोखिममा रहेको भन्दै उनका छोरा

तातोपानी नाका खुलाउन परराष्ट्रमन्त्री खनालको जोड : चिनियाँ पक्षसँग के कुरा भयो ?

काठमाडाैँ– परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि जोड

हसिनाको फिर्ती घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा

ढाका- पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शन र बन्दको आह्वान गरेपछि

सेन्जेनको शक्तिशाली कूटनीतिक दृश्य : सीको पहलमा पुटिन र ट्रम्प एउटै टेबुलमा

सेन्जेन – चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक

काठमाडौँ– नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’