हसिनाको फिर्ती घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा « Khabarhub

हसिनाको फिर्ती घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका- पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शन र बन्दको आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । सम्भावित हिंसात्मक गतिविधि नियन्त्रण गर्न सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विद्यार्थी नेतृत्वको आन्दोलनपछि १५ वर्ष लामो शासन अन्त्य भएसँगै सन् २०२४ अगस्टमा भारत पलायन भएकी ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन् । प्रदर्शनकारीमाथि भएको दमनका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै अदालतले उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो ।

हसिनाको स्वदेश फिर्तीको घोषणापछि बङ्गलादेशमा राजनीतिक तनाव बढ्नुका साथै हिंसात्मक घटनासमेत हुन थालेका छन् । प्रतिबन्धित अवस्थामा रहेको उनको दल अवामी लिगले बिहीबार देशव्यापी प्रदर्शन र ‘लकडाउन’ आह्वान गरेको थियो ।

यसैलाई ध्यानमा राख्दै सीमा सुरक्षा बल बङ्गलादेशले हसिनाको गृहनगर गोपालगञ्जसहित सात जिल्लामा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।

अवामी लिगले समर्थकलाई घरभित्रै बस्न आह्वान गरे पनि ढाकाबाट गोपालगञ्ज जोड्ने राजमार्गका विभिन्न स्थानमा समर्थकहरूले प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन् । प्रदर्शनका क्रममा केही स्थानमा आगजनी र हिंसात्मक घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यसैबीच, प्रधानमन्त्री तारिक रहमानले राजनीतिक विरोधीहरूले देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाएको छ । उनले लोकतन्त्र पक्षधर शक्तिहरूलाई एकजुट हुनसमेत आग्रह गरेका छन् ।

प्रहरीका अनुसार अवामी लिगसँग सम्बन्धित १०७ जनालाई बुधबारदेखि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत रहेका छन् ।

हसिनाले पछिल्ला सातामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै डिसेम्बरमा स्वदेश फर्किने प्रतिबद्धता दोहोर्‍याउँदै आएकी छन् । उनको सम्भावित आगमन र अवामी लिगको प्रदर्शन आह्वानले बङ्गलादेशको राजनीतिक तथा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  २ : १० बजे

इमरान खानको सुरक्षाका लागि उनका छोराले गरे अन्तर्राष्ट्रिय समुदायसँग अपिल

इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जीवन जोखिममा रहेको भन्दै उनका छोरा

तातोपानी नाका खुलाउन परराष्ट्रमन्त्री खनालको जोड : चिनियाँ पक्षसँग के कुरा भयो ?

काठमाडाैँ– परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि जोड

हसिनाको फिर्ती घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा

ढाका- पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शन र बन्दको आह्वान गरेपछि

सेन्जेनको शक्तिशाली कूटनीतिक दृश्य : सीको पहलमा पुटिन र ट्रम्प एउटै टेबुलमा

सेन्जेन – चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक

काठमाडौँ– नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’