शरद कपुरको कठिन समयमा सलमान र सोनुसँगै उभिए शाहरुख « Khabarhub

शरद कपुरको कठिन समयमा सलमान र सोनुसँगै उभिए शाहरुख


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक समय बलिउडमा आफ्नो अभिनयबाट दर्शकमाझ परिचित बनेका अभिनेता शरद कपुर यतिबेला निकै कठिन परिस्थितिबाट गुज्रिरहेका छन् । 

स्वास्थ्य समस्या र आर्थिक अभावसँग संघर्ष गरिरहेका उनको अवस्था सार्वजनिक भएपछि बलिउडका कलाकारहरू सहयोगका लागि अगाडि आएका छन् । यसै क्रममा अब सुपरस्टार शाहरुख खानले पनि उनलाई साथ दिने भएका छन् ।

‘दस्तक’, ‘जोश’, ‘तमन्ना’, ‘एलओसी कारगिल’, ‘लक्ष्य’ र ‘जय हो’ जस्ता फिल्ममा अभिनय गरेर पहिचान बनाएका शरद पछिल्लो समय कमजोर स्वास्थ्य अवस्थाका कारण चर्चामा आएका हुन् । 

केही दिनअघि उनको घरबाट एक गैरसरकारी संस्थाले कुकुरहरूको उद्धार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

उक्त भिडियोमा शरद निकै कमजोर र शारीरिक रूपमा अस्वस्थ देखिएका थिए । त्यसपछि उनी खुट्टामा लागेको गम्भीर चोटका कारण समस्यामा रहेको खुलासा भएको थियो ।

शरदको अवस्था देखेपछि उनका साथीले बलिउडका कलाकारहरूलाई सहयोगका लागि अपिल गरेका थिए । त्यसलगत्तै अभिनेता सोनु सूद र सलमान खानलगायतले आर्थिक तथा अन्य सहयोग गर्ने तत्परता देखाएका थिए ।

अहिले शाहरुख खानसहित फिल्म क्षेत्रका अन्य व्यक्तिहरू पनि उनको सहयोगमा जुटेको शरदले खुलाएका छन् ।

एक भारतीय मिडियासँगको अन्तर्वार्तामा उनले आफूलाई फिल्म क्षेत्रका साना कलाकारदेखि ठूला स्टारसम्म सबैले सम्पर्क गरेको बताएका छन् । 

शाहरुख, सलमान, सोनु सूद, राजपाल यादव र जावेद अख्तरलगायतले उनको अवस्थाबारे चासो राख्दै आवश्यक सहयोग गर्न तयार रहेको आश्वासन दिएका छन् ।

उनका अनुसार केही पत्रकार साथीहरूले समेत आवश्यक परे आफूले चाहेको अस्पतालमा उपचारको व्यवस्था मिलाइदिने प्रस्ताव गरेका छन् । व्यस्तता र स्टारडमका बाबजुद पुराना सहकर्मीलाई फिल्म क्षेत्रले नबिर्सिएको भन्दै उनले सबैप्रति आभार व्यक्त गरेका छन् । 

उनले निर्देशक महेश भट्टको सहयोगी स्वभावको पनि प्रशंसा गरेका छन् भने कठिन समयमा साथ दिन तयार भएका सोनु सूदप्रति विशेष धन्यवाद दिएका छन् ।

स्वास्थ्य र आर्थिक समस्याका कारण केही समयदेखि कामबाट टाढा रहेका शरद अब पुनः अभिनयमा फर्किने योजनामा छन् । उनले निर्देशक अहमद खान र रोहित शेट्टीसँग सम्भावित फिल्म परियोजनाबारे कुराकानी भइरहेको खुलाएका छन् । सबै कुरा अनुकूल भए सन् २०२७ मा पर्दामा फर्किने उनको आशा छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ५ : ०४ बजे

बाढीपीडितलाई राहत र केरुङ नाका सञ्चालन गर्न चीन प्रतिबद्ध : अध्यक्ष वानमिङ

भक्तपुर- चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्ष याङ वानमिङले रसुवा र भोटेकोशी

शरद कपुरको कठिन समयमा सलमान र सोनुसँगै उभिए शाहरुख

काठमाडौं– एक समय बलिउडमा आफ्नो अभिनयबाट दर्शकमाझ परिचित बनेका अभिनेता

दल त्याग गरेको भन्दै जिसस प्रमुखसहित खोटाङका आठ जनप्रतिनिधि पदमुक्त

खोटाङ- राजनीतिक दल त्याग गरेको भन्दै निर्वाचन आयोगले जिल्ला समन्वय समिति

२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला

काठमाडौं– नेकपा (एमाले) को राष्ट्रिय भेला २०८३ मङ्सिर २-३ गते

एनपीएलको दोस्रो क्वालिफायरमा टस जितेको चितवनले सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स