बाढीपीडितलाई राहत र केरुङ नाका सञ्चालन गर्न चीन प्रतिबद्ध : अध्यक्ष वानमिङ « Khabarhub

बाढीपीडितलाई राहत र केरुङ नाका सञ्चालन गर्न चीन प्रतिबद्ध : अध्यक्ष वानमिङ


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्ष याङ वानमिङले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका काम अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालनका लागि चीनले प्रयास गरिरहेको बताएका छन् ।

तीनदिने नेपाल भ्रमणका क्रममा बुधबार भक्तपुर पुगेका अध्यक्ष वानमिङले नगरप्रमुख सुनिल प्रजापतिसँगको भेटमा चीनले आफ्नो क्षमताअनुसार नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले भूकम्प, कोरोना महामारी र भोटेकोशी बाढीजस्ता विपद्का समयमा नेपाल र चीनले एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गरे । कठिन परिस्थितिमा पनि दुई देशबीचको मित्रता र सहकार्य कायम रहेको उनको भनाइ थियो ।

वानमिङले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच ऐतिहासिक तथा रणनीतिक सम्बन्ध स्थापना गर्ने सहमति भएको स्मरण गरे । त्यसयता आर्थिक, राजनीतिक, सांस्कृतिक, पर्यटन तथा युवा आदानप्रदानका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार हुँदै आएको उनले बताए ।

भेटमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, घनिष्ठ र मित्रवत् रहेको बताए । सातौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीको तिब्बतका राजा स्रङचङ गम्पोसँग भएको विवाह र तेह्रौँ शताब्दीमा नेपाली कलाकार अरनिकोले तिब्बत तथा बेइजिङमा निर्माण गरेका कलाकृतिले दुई देशबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई प्रस्ट पारेको उनले उल्लेख गरे ।

सन् १९५५ मा नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालको आर्थिक विकासमा चीनले महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको प्रजापतिले बताए । सडक पूर्वाधार निर्माण, उद्योगधन्दा स्थापना तथा ट्रलीबस सञ्चालनलगायत क्षेत्रमा चीनको सहयोग नेपालको विकास यात्रामा महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

भेटपछि चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गरेको थियो । टोलीले भक्तपुर दरबार क्षेत्र, टौमढी र तालाक्व क्षेत्रको भ्रमण गरेको थियो ।

प्रतिनिधिमण्डलमा चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउन फान, चिनियाँ वैदेशिक जनमैत्री सङ्घका उपमहासचिव ची योङच्युन, एसियाली तथा अफ्रिकी मामिला विभागका महानिर्देशक लिउ फाङ र उपनिर्देशक आइ लिनलगायत सहभागी थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ५ : ०७ बजे

चितवनले गुमायो दोस्रो विकेट, देव खनाल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

नेपालगञ्जको धम्बोजी-नन्दनी मिल सडक चार लेनमा विस्तार हुँदै

नेपालगञ्ज- बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोकदेखि नन्दनी मिलसम्मको हुलाकी सडक चार लेनमा

बाढीपीडितलाई राहत र केरुङ नाका सञ्चालन गर्न चीन प्रतिबद्ध : अध्यक्ष वानमिङ

भक्तपुर- चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्ष याङ वानमिङले रसुवा र भोटेकोशी

शरद कपुरको कठिन समयमा सलमान र सोनुसँगै उभिए शाहरुख

काठमाडौं– एक समय बलिउडमा आफ्नो अभिनयबाट दर्शकमाझ परिचित बनेका अभिनेता

दल त्याग गरेको भन्दै जिसस प्रमुखसहित खोटाङका आठ जनप्रतिनिधि पदमुक्त

खोटाङ- राजनीतिक दल त्याग गरेको भन्दै निर्वाचन आयोगले जिल्ला समन्वय समिति