नेपाली क्रिकेट टोलीको बेलायत भ्रमण तालिका सार्वजनिक, लर्ड्समा बंगलादेशसँग खेल्ने « Khabarhub

नेपाली क्रिकेट टोलीको बेलायत भ्रमण तालिका सार्वजनिक, लर्ड्समा बंगलादेशसँग खेल्ने


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीको सन् २०२७ मा हुने बेलायत भ्रमणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार तालिका सार्वजनिक गर्दै भ्रमणबारे जानकारी दिएको हो ।

सार्वजनिक तालिका अनुसार नेपाली टोलीले जुन १ देखि जुन १२ सम्म बेलायतका विभिन्न मैदानमा स्कटल्याण्ड, बंगलादेश र आयरल्याण्डविरुद्ध कुल ६ वटा खेल खेल्नेछ ।

भ्रमणको मुख्य आकर्षणका रूपमा नेपालले ‘क्रिकेटको मक्का’ मानिने ऐतिहासिक लर्ड्स मैदानमा टेस्ट राष्ट्र बंगलादेशविरुद्ध टी–२० खेल खेल्ने तय भएको छ । लर्ड्समा हुने उक्त खेल जुन ३ तारिखका दिन ‘मेन्स भाइटालिटी ब्लास्ट’ सँगै डबल हेडरका रूपमा आयोजना हुनेछ ।

भ्रमणको सुरुवात नेपालले जुन १ तारिखमा वर्मस्ली मैदानमा स्कटल्याण्डविरुद्ध ५० ओभरको एकदिवसीय खेल खेलेर गर्नेछ । लर्ड्समा बंगलादेशसँगको ऐतिहासिक भेटपछि नेपाली टोलीले आयरल्याण्डविरुद्ध लगातार चार वटा खेल खेल्ने तालिका रहेको छ ।

नेपाल र आयरल्याण्डबीचको पहिलो खेल जुन ६ तारिखमा वर्मस्ली मैदानमा ५० ओभरको हुनेछ । त्यसपछि जुन ९ तारिखमा सोही मैदानमा यी दुई टोलीबीच पहिलो टी–२० खेल हुनेछ । भ्रमणको अन्तिम चरणमा नेपाल र आयरल्याण्डले बेकेनह्याम मैदानमा जुन ११ र १२ तारिखमा लगातार दुई वटा टी–२० खेल खेल्नेछन् ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ४ : ०७ बजे

रुग्ण हुलाकको नागरिक सेवामुखी फड्को, अन्तर्राष्ट्रिय बजारमा पनि बढाउँदैछ उपस्थिति

काठमाडौँ– सरकारले ‘गभर्मेन्ट कुरियर’ सेवा विस्तार तथा आधुनिकीकरणलाई तीव्रता दिएको

दशौँ राष्ट्रिय खेलकुदमा ऐतिहासिक निर्णय : रजत र कास्य पदक विजेतालाई पहिलोपटक नगद पुरस्कार

काठमाडौँ– कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुदमा

नेपाली क्रिकेट टोलीको बेलायत भ्रमण तालिका सार्वजनिक, लर्ड्समा बंगलादेशसँग खेल्ने

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीको सन् २०२७ मा हुने बेलायत

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

काठमाडौँ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले

दाङको शिवखोलामा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

काठमाडाैँ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ शिवखोलानजिक बिहीबार यात्रुवाहक