एनपीएलको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले गुमायो तेस्रो विकेट « Khabarhub

एनपीएलको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले गुमायो तेस्रो विकेट


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

बिहीबार जारी खेलमा चितवनले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याउँदै सुदूरपश्चिमले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा सुदूरपश्चिमले चौथो विकेट गुमाएको छ ।

खेलको ७ ओभर २ बलमा सुदूरपश्चिमका स्कट कुगलाइन आउट भए । ५ बलको सामना गरेका उनले २ रन बनाए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३३ रन बनायो ।

चितवनका लागि डाविड मलान एक्लैले ७१ रन बनाए । ५१ बलको सामना गरेका उनले ९ चौका र २ छक्का प्रहार गरे ।

त्यसैगरी, चितवनका सलाहुद्दिन खानले १६ बलमा १८ रन लिए भने कमलसिंह ऐरीले ८ बलमा १० बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलाइनले ३, थरिन्दु रत्नायकले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र डा. ईशान पाण्डेले समान एक विकेट लिए ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ७ : ५२ बजे

धरानमा खैरो हेरोइनसहित पाँच जना पक्राउ

सुनसरी – धरानबाट १२४ ग्रामभन्दा बढी खैरो हेरोइन र विभिन्न

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न : ‘टावर छ, नेटवर्क छैन, किन ?’

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको

श्रीलंकालाई ८ विकेटले हराउँदै पाकिस्तानले जित्यो टेस्ट सिरिज

काठमाडौं – पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा ८ विकेटको शानदार

५०+ प्रकारका मःम र २०+ अचारसहित ‘बोटा मःम’ को भव्य कमब्याक

काठमाडौं- नेपालको सबैभन्दा परिचित स्वदेशी फुड ब्रान्डमध्ये एक बोटा मःम