एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै « Khabarhub

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

झापाका सबै क्षेत्रको निर्वाचन तयारी बारे जानकारी लिने


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा जाँदै छन्।

झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि आज विहान १०:२५ को जहाजबाट उनी भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ।

पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनेछन्।

यसैगरी ३ नं क्षेत्रका बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने कार्कीले बताए।

क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ। क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिने कार्यक्रम तय भएको छ।

आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमक मै भेटघाट गर्ने कार्कीले जानकारी दिए।

अध्यक्ष ओली जेनजी आन्दोलनमा जलेको दमकस्थित निवासमासमेत पुग्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ७ : २५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने