देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल « Khabarhub

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालको आइतबार बिदाई कार्यक्रममा मन्त्री खरेलले राजनीतिक विश्वास र कर्मचारीको सहयोगबिना मुलुकको विकास हुन नसक्ने उल्लेख गरेका छन् ।

सञ्चारमन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेको चार महिनामा मन्त्रालय र मातहत निकायका कर्मचारीबाट कुनैपनि असहयोग नभएको बरु सौहार्द्रपूर्ण व्यवहार तथा समन्वयात्मक ढङ्गले काम भएको स्पष्ट पारे ।

मन्त्री खरेलले नियमित प्रक्रिया अनुसार सरुवा भएको स्पष्ट पार्दै सचिव अर्यालसँगको समन्वयको प्रशंसा गरे ।

सचिव अर्यालले मन्त्रालयमा डेढ वर्षको अवधिमा आमसञ्चार, दूरसञ्चार, मुद्रण, चलचित्र, हुलाकलगायत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएकाे उल्लेख गर्दै त्यसको फलस्वरुप मन्त्रालयले उपलब्धि हासिल गरेको उनको भनाइ थियो ।

उनले राष्ट्रको समग्र विकासका लागि नयाँ डिजिटल प्रविधि अपनाउनुपर्ने र राजनीतिज्ञ तथा कर्मचारी प्रशासनको विश्वास मजबुत बनाउनुपर्नेमा जोड दिए ।

सञ्चार मन्त्रालयकी सचिव अर्याल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव पदमा सरुवा भएकी हुन् ।

सो अवसरमा सचिव आर्यालले आफ्नो कार्यकालमा दूरसञ्चार, रेडियो तथा टेलिभिजन दर्ता नवीकरण, सार्वजनिक सेवा प्रसारण, डिजिटल नेपाल फ्रेमवर्क, गोरखापत्र र राष्ट्रिय समाचार समितिका कानुनसम्बन्धी देखिएका धेरै समस्याहरू समाधान भएको जानकारी दिँदै अनलाइन समाचारलाई सत्यनिष्ठ र जिम्मेवार बनाउनुपर्ने बताइन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : १० बजे

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग