उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल « Khabarhub

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र उम्मेदवार छनोटको विषयमा छलफल भएको छ ।

गएराति काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा भएको बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रवक्ता देवराज चालिसे र नेता मधु आचार्य, पूर्वसभापति शेरबहादुर देउवा समूहबाट रमेश लेखक र नेता डा. शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल सहभागी थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयनको दिन नजिकिएसँगै टिकट वितरणको विषयलाई लिएर तीनवटै समूहका नेताहरूबीच छलफल भएको हो । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारको मनोनयन रहेको छ ।

मनोनयनका लागि अब एक दिनमात्र बाँकी रहेकाले आन्तरिक कलहलाई थाती राखेर नेताहरु प्रतिनिधिसभा सदस्यको उम्मेदवार चयनका लागि जुटेका हुन् । बैठक आज पनि बस्ने बताइएको छ ।

तीन समूह मिलेर सम्भावित उम्मेदवारको नामावली संकलन पछि संसदीय बोर्डले नामहरुको टुंगो लगाउने छ । कांग्रेसले उम्मेदवार छनोट गर्न सभापति गगन थापाको नेतृत्वमा १३ सदस्यीय संसदीय बोर्ड गठन गरिसकेको छ ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौंमा भएको पार्टीको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेपछि कांग्रेसको विवाद उत्कर्षमा छ । 

थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले अधिकारिकता दिएपछि देउवा समूह उक्त निर्णय बदरको माग गर्दै आइतबार सर्वोच्च अदालत गएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : ३५ बजे

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले