परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम « Khabarhub

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ । हराउँदै जान थालेको भेडाको ऊनबाट राडीपाखी बनाउने पुर्खौली सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने लक्ष्यसहित यो तालिम सञ्चालन गरिएको हो ।

यही माघ ४ गतेबाट सुरु भएको तालिम फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । एक महिनासम्म चल्ने तालिममा स्थानीय पाँचजना महिलाको सक्रिय सहभागिता रहेको गाउँपालिकाले जनाएको छ । तालिममा भेडाको ऊन प्रशोधनदेखि लिएर परम्परागत ढाँचामा राडीपाखी बुन्नेसम्मका सीप व्यवहारिक रुपमा सिकाइने छ ।

स्थानीय सीपको प्रवर्द्धन गर्दै आर्थिक र पर्यटनसँग जोडेर भेडापालक किसानलाई हौसला प्रदान गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

राडीपाखी उत्पादनलाई पर्यटक लक्षित सामग्रीका रूपमा विकास गर्न सकिने भएकाले भेडापालन र स्थानीय उत्पादन प्रवर्द्धनमा तालिमले महत्वपूर्ण टेवा पुग्ने अध्यक्ष बस्नेतको भनाइ छ ।

‘हामीले परम्परागत राडीपाखी बुन्ने सीपको संरक्षण गर्दै यसलाई आर्थिक उपार्जन र पर्यटनसँग जोड्ने योजना बनाएका छौँ,’ अध्यक्ष बस्नेतले भने, ‘यसले स्थानीय महिलाको रोजगारी सिर्जना गर्नुका साथै भेडापालनप्रति आकर्षण बढाउने विश्वास लिएका छौँ ।’

उनका अनुसार मुन्दुम पदमार्ग क्षेत्र टेम्केमैयुङको प्रमुख पर्यटकीय आकर्षणको रूपमा विकसित हुँदै गएको छ । सो पदमार्ग आसपास हाल करिब ११ वटा भेडीगोठ सञ्चालनमा रहेका छन् ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार पुर्खौली रुपमा गरिँदै आएको भेडापालन पेसाबाट उत्पादन हुने ऊनको स्थानीयस्तरमै प्रयोग बढाउने र यसमा संलग्न किसानको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिमले परम्परागत सीपको संरक्षणसँगै सीपको पुस्तान्तरणमा समेत सहयोग पुर्‍याउने उनको भनाइ छ ।

राडीपाखी किरात समुदायको संस्कार, संस्कृति र पहिचानसँग गहिरो रूपमा जोडिएको वस्तु भएकाले यसको संरक्षण आवश्यक रहेको उपाध्यक्ष राईको भनाइ छ ।

स्थानीय महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउँदै सांस्कृतिक सम्पदाको संरक्षण गर्न तालिमले टेवा पुग्ने उनको भनाइ छ ।

गाउँपालिकाले आगामी दिनमा तालिममा सहभागी महिलालाई उत्पादित राडीपाखीको बजारीकरण, प्रदर्शनी तथा पर्यटनसँग जोड्ने कार्यक्रमसमेत अघि बढाउने तयारी गरेको छ ।

यसले स्थानीय सीप, संस्कृति र अर्थतन्त्रलाई एकसाथ मजबुत बनाउने सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । (रासस)

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ९ : ३९ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको