काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार नेपाली बक्स अफिसमा पनि कमजोर देखिएको छ ।
समीक्षात्मक रुपमा पनि कमजोर देखिएको यस फिल्मले गत शनिबारसम्म १ करोड ६२ लाख ग्रस कलेक्सन गरेको थियो ।
चलचित्र विकास बोर्डका अनुसार जनवरी ९ बाट प्रदर्शनमा आएको यो फिल्म हेर्न सुरुवाती ११ दिनमा ५० हजार ४२४ प्रति टिकट बिक्री भएको छ ।
नेपालमा समेत राम्रो फ्यान फलोइङ भएका प्रभाषको ‘राजासाब’को यो व्यापार निकै न्यून हो । नेपाली बक्स अफिसमा यसलाई फ्लप भन्न मिल्छ ।
जबकि रणवीर सिंह स्टारर फिल्मले १० करोडभन्दा माथि ग्रस कलेक्सन गरेको छ ।













प्रतिक्रिया