रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार « Khabarhub

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।

बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई झापा–५ बाट उम्मेदवार बनाएको छ भने उपसभापति डिपी अर्याल (डोलप्रसाद) लाई काठमाडौं क्षेत्र नम्बर ९ बाट टिकट दिएको छ ।

यस्तै, शिशिर खनाल काठमाडौं–६, विराजभक्त श्रेष्ठ काठमाडौं– ८, इन्दिरा रानामगर झापा–२ तथा सोबिता गौतम चितवन–३ बाट उम्मेदवार बन्ने भएका छन् ।

रास्वपाले टुंग्याएको ३३ क्षेत्र र उम्मेदवार
१. ताप्लेजुङ – वीरेन्द्र श्रेष्ठ
२. झापा–१ – निशा डाँगी
३. झापा–२ – इन्दिरा रानामगर
४. झापा–३ – प्रकाश पाठक
५. झापा–४ – शम्भु सुस्केरा
६. झापा–५ – बालेन शाह
७. मोरङ–३ – गणेश कार्की
८. ओखलढुंगा – विश्वराज पोखरेल
९. उदयपुर–२ – सूर्यबहादुर तामाङ
१०. काठमाडौं–६ – शिशिर खनाल
११. काठमाडौं–७ – गणेश पराजुली
१२. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
१३. काठमाडौं–९ – डिपी अर्याल ९डोलप्रसाद०
१४. चितवन–१ – हरि ढकाल
१५. चितवन–२ – रवि लामिछाने
१६. चितवन–३ – सोबिता गौतम
१७. गोरखा–१ – सुदन गुरुङ
१८. गोरखा–२ – कविन्द्र बुर्लाकोटी
१९. नवलपुर–१ – राजन गौतम
२०. जुम्ला – बिनिता कठायत
२१. बाजुरा – हेमराज थापा
२२. कञ्चनपुर–१ – जनकसिंह धामी
२३. कञ्चनपुर–२ – दीपक बोहरा
२४. कञ्चनपुर–३ – ज्ञानेन्द्र महता
२५. कैलाली–१ – कोमल ज्ञवाली
२६. कैलाली–३ – लक्ष्मण थारू
२७. कैलाली–४ – हरि रेग्मी
२८. कैलाली–५ – आनन्द चन्द
२९. बाँके–३ – खगेन्द्र सुनार
३०. दाङ–२ – विपिन आचार्य
३१. रुपन्देही–३ – डा। लेखजंग थापा
३२. कास्की–२ – उत्तम पौडेल
३३. स्याङ्जा–१ – धनञ्जय रेग्मी

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ११ : ४० बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध