सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा  « Khabarhub

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत सरकारी नीति निर्माण र सरोकारवालामाथि प्रभाव पार्दै आएको तथ्य सार्वजनिक भएको छ । 

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल (एचआरटीसी नेटवर्क) ले सार्वजनिक गरेको सुर्ती उद्योगको नीति निर्माण र सरोकारवालामा प्रभाव – २०८२ नामक प्रतिवेदनले नेपाललाई उच्च जोखिममा रहेका मुलुकहरूको सूचीमा राखेको छ ।

ग्लोबल गभरनेन्स अन टोबाको कन्ट्रोल तथा साउथ ईस्ट एसिया टोबाको कन्ट्रोल एलायन्सको सहयोगमा विश्वका १०० भन्दा बढी मुलुकमा गरिएको अध्ययन अनुसार ब्रुनाई बाहेक सबै देशमा सुर्ती उद्योगले कानुन र नीति प्रक्रियामा हस्तक्षेप गरेको पाइएको छ । सो अध्ययनमा नेपाल ४३औँ स्थानमा परेको छ, जसले उद्योगको प्रभाव गम्भीर रहेको संकेत गर्छ ।

प्रतिवेदन अनुसार सुर्ती उद्योगले ‘कर्पोरेट सामाजिक उत्तरदायित्व’को नाममा स्वास्थ्य, शिक्षा र खेलकुद कार्यक्रमहरू सञ्चालन गर्दै कानुन विपरीत आफ्नो प्रभाव विस्तार गरिरहेको छ । यस्ता गतिविधिले जनस्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै नीति निर्माण प्रक्रियालाई कमजोर बनाइरहेको प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिवेदन सार्वजनिक गर्दै एचआरटीसी नेटवर्कका अध्यक्ष शान्तालाल मुल्मीले करदाता भएको आधारमा सुर्ती उद्योगलाई राज्यले सम्मान गर्दै आएको अवस्थालाई दुःखद भन्दै सरकारको दृष्टिकोणमाथि प्रश्न उठाए । उनले नीति निर्माता र सरोकारवाला निकायहरू सुर्ती उद्योगको रणनीतिबारे सचेत नहुँदा कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ऐन निर्माणमा सरकारले महत्त्वपूर्ण प्रगति गरे पनि कार्यान्वयन पक्ष कमजोर रहेको स्वीकार गरे। उनले सुर्ती नियन्त्रणमा नागरिक समाज, सञ्चारमाध्यम र सरोकारवालाको सक्रिय भूमिका अपरिहार्य रहेको बताए ।

विश्व स्वास्थ्य संगठनका डा. ग्याम्पो दोर्जी र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा.राधिकन थपलियाले सुर्ती उद्योगको प्रभाव न्यूनीकरण नगरेसम्म जनस्वास्थ्य लक्ष्य हासिल गर्न कठिन हुने धारणा राखेका थिए । 

कार्यक्रममा सुदूरपश्चिम, वाग्मती र कोशी प्रदेशका संयोजकहरूले आ–आफ्ना क्षेत्रका अनुभव साझा गरेका थिए भने वरिष्ठ अधिवक्ता ज्योती बानियाँले सुर्ती नियन्त्रणसम्बन्धी कानुनी चुनौती र सम्भावनाबारे प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १२ : १६ बजे

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

लामो समयपछि सार्वजनिक ठाउँमा हाँसे बालेन

काठमाडौं– सामान्यतया कुनै कार्यक्रम समारोहमा नहाँस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

गण्डकी र मधेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति, गण्डकीमा डा. बसौला

काठमाडौं– सरकारले गण्डकी र मधेश प्रदेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति

किरात सांस्कृतिक मेला सम्पन्न, साहित्यकार राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ– किरात राई यायोक्खाको सान तिन, कि लुन चुन क्षेत्रमा रहेको