पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो « Khabarhub

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन प्रहरीको छनोट प्रक्रिया सुरु भएको छ । 

पर्सा जिल्लामा आवेदन परेका निर्वाचन प्रहरीको आजदेखि शारीरिक परीक्षण लगायतका छनोटका काम सुरु भएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साका संयोजक सुमनकुमार कार्कीले निर्वाचन प्रहरीको आजदेखि छनोटको प्रक्रिया अघि बढाइएको बताए।

‘आज बिहानदेखि वीरगञ्जको नारायणी रङ्गशालामा निर्वाचन प्रहरीमा आवेदन दिनेहरूको शारीरिक परीक्षण लगायतका काम सुरुआत गरिएको छ,’ उनले भने, ‘पर्सा जिल्लाबाट निर्वाचन प्रहरीमा सहभागी हुनेको उत्साहजनक देखिएको छ ।’

पर्सामा निर्वाचन प्रहरी छनोट प्रक्रियामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायको प्रत्यक्ष निगरानी र सुपरीवेक्षणमा छनोट प्रक्रिया अघि बढाइएको छ । संयोजक कार्कीले निर्वाचन  प्रहरी छनोट प्रक्रियालाई  तोकिएको मापदण्डअनुसार पारदर्शी र वस्तुपरक ढङ्गले अघि बढाइएको जानकारी दिए ।

निर्वाचन प्रहरीमा सहभागी हुनेको दौड तथा अन्य शारीरिक गतिविधि गराइएको छ । निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरेर दुई हजार ८५२ जनाले आज आवेदन माग गरेको थियो । 

तर, नेपाल प्रहरीतर्फ भने पाँच हजार ३९९ जनाको आवेदन परेको छ । पर्साबाट सशस्त्र प्रहरीले लिएको आवेदनतर्फ पनि निर्वाचन प्रहरीमा ३८५ जनाको आवेदन माग गरिएको थियो । जसमा माघ १ गतेसम्म ५७१ जनाले आवेदन दिएका छन्। 
 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १२ : १९ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध