मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । 

मृत्यु हुनेमा भक्तपुरका १८ वर्षीय मिनीराजप्रसाद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 

उनको आज बिहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको नायब उपरीक्षक विकले बताए । डुम्रेतर्फबाट आबुखैरेनीतर्फ जाँदै गरेको प्रदेश ३–००८ प ४२५० नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठक्कर खाई दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक ललितपुर निवासी १८ वर्षीय आदर्श लिम्बू घाइते भएका छन् । उनको टाउको र मुखमा चोट लागेको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १२ : ४४ बजे

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले