झापा पुगेका ओली बालेनबारे मौन, चुनावी सुरक्षाबारे उठाए प्रश्न « Khabarhub

झापा पुगेका ओली बालेनबारे मौन, चुनावी सुरक्षाबारे उठाए प्रश्न


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार हुने उम्मेदवारी दर्ताका लागि झापा पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको शान्ति सुरक्षाबारे प्रश्न उठाएका छन्।

झापाको चन्द्रगढी विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले अझै पनि शान्ति सुरक्षा चित्त बुझ्दो नभएको गुनासो गरे ।

ओलीले निर्वाचनको शान्ति सुरक्षाका विषयमा सरकारमाथि प्रश्न उठाएका छन्। चुनावी सुरक्षा चित्त बुझ्दो नरहेको बताएका उनले अन्य विषयमा कुनै प्रतिक्रिया दिएनन् ।

आफूलाई चुनौती दिन आउन लागेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहबारे उनले मौनता साँधेका छन् । उनले साहबारे मौनता साँधेर विमानस्थलबाट दमकतिर लागेका छन्।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १ : २६ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट