योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला « Khabarhub

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न पार्टी पंक्तिलाई अपील गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनौती दिएकै कारण प्रतिनिधिसभाको टिकट काटिएका उनले एक सोमबार भिडियो सन्देश जारी गर्दै एमाले उम्मेदवारलाई जिताउन सबैजना एकजुट भएर मैदानमा उत्रिनुपर्ने बताएका हुन् ।

उपमहासचिव भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणबारे सम्बन्धमा मापदण्ड बनाउनुपर्ने विषयमा आफूले सचिवालय बैठकमा फरक मत राखेको पनि बताए ।

उनले पार्टी केन्द्रीय कार्यालयमा ४ बुँदे लिखित फरक मत दर्ज गरेकाले चुनावपछि त्यसबारे अध्यक्ष केपी शर्मा ओलीसँग छलफल र समीक्षा हुने बताएका छन् । उनले अहिलेलाई सबैजना चुनावको तयारीमा लाग्नुपर्ने पनि बताएका छन् ।

उनले आफू गृहजिल्ला ताप्लेजुङको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुने पनि बताएका छन् । सबैलाई आ-आफ्नो क्षेत्रको पायक पर्ने ठाउँमा उपस्थित भएर चुनावी अभियानमा होमिन पनि उनले भनेका छन् । ताप्लेजुङमा योगेशसँग बदला लिएर ओलीले आफ्नो पक्षमा उभिने क्षितिज थेबेलाई टिकट दिएका छन् ।

ओलीले आफूलाई चुनौती दिएकै कारण भट्टराई र काभ्रे २ मा गोकुल बास्कोटाको पनि टिकट रोकिदिएका छन् । ओलीले एघारौँ महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट आफूलाई चुनौती दिने अधिकांश नेतालाई टिकट नदिएर बदला लिएका छन् ।

भिडियो सन्देश :

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १ : ३३ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका