योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला « Khabarhub

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न पार्टी पंक्तिलाई अपील गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनौती दिएकै कारण प्रतिनिधिसभाको टिकट काटिएका उनले एक सोमबार भिडियो सन्देश जारी गर्दै एमाले उम्मेदवारलाई जिताउन सबैजना एकजुट भएर मैदानमा उत्रिनुपर्ने बताएका हुन् ।

उपमहासचिव भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणबारे सम्बन्धमा मापदण्ड बनाउनुपर्ने विषयमा आफूले सचिवालय बैठकमा फरक मत राखेको पनि बताए ।

उनले पार्टी केन्द्रीय कार्यालयमा ४ बुँदे लिखित फरक मत दर्ज गरेकाले चुनावपछि त्यसबारे अध्यक्ष केपी शर्मा ओलीसँग छलफल र समीक्षा हुने बताएका छन् । उनले अहिलेलाई सबैजना चुनावको तयारीमा लाग्नुपर्ने पनि बताएका छन् ।

उनले आफू गृहजिल्ला ताप्लेजुङको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुने पनि बताएका छन् । सबैलाई आ-आफ्नो क्षेत्रको पायक पर्ने ठाउँमा उपस्थित भएर चुनावी अभियानमा होमिन पनि उनले भनेका छन् । ताप्लेजुङमा योगेशसँग बदला लिएर ओलीले आफ्नो पक्षमा उभिने क्षितिज थेबेलाई टिकट दिएका छन् ।

ओलीले आफूलाई चुनौती दिएकै कारण भट्टराई र काभ्रे २ मा गोकुल बास्कोटाको पनि टिकट रोकिदिएका छन् । ओलीले एघारौँ महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट आफूलाई चुनौती दिने अधिकांश नेतालाई टिकट नदिएर बदला लिएका छन् ।

भिडियो सन्देश :

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १ : ३३ बजे

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित