पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन देशभर खटिने « Khabarhub

पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन देशभर खटिने

भने : सर्वोच्चले जसलाई वैधानिकता दिए पनि मिलेर जानुपर्छ


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् ।

उनीनिकट एक नेताका अनुसार खड्काले सर्वोच्च अदालतको आदेश जसको पक्षमा आए पनि प्रतिनिधि सभाको चुनावमा एकताबद्ध भएर जान आफू तयार रहेको बताएका छन् ।

गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधरलाई निर्वाचन आयोगले मान्यता दिएपछि सर्वोच्च अदालत पनि जान तयार नरहेका खड्काले कांग्रेसलाई जसरी पनि एक बनाउनुपर्ने मत राखिरहेका छन् ।

सभापति शेरबहादुर देउवाको जोडबल र दबाबमा आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट लिएर गएका खड्काले अब आफू चुनावमा नउठ्ने बताएका हुन् ।

उनीसहित श्याम घिमिरे र रमेश लेखकहरूले पनि अदालत जानुभन्दा बरू पार्टीलाई कसरी हुन्छ एक बनाएर जानुपर्ने मत राखेका थिए ।

तर देउवाले सर्वोच्चमा चुनौती दिनुपर्ने बताएपछि खड्का, एनपी साउद, लेखक, घिमिरेसहितले आइतबार रिट हालिसकेका छन् । जसको मंगलबार सुनुवाइ हुने गरी पेशी तोकिएको छ । तर मंगलबार नै निर्वाचन आयोगले प्रत्यक्षको उम्मेदवारी दर्ताको समय राखेको छ।

कांग्रेसमा विभाजन आउँदा चित्त दुखाएका खड्काले अब आफू चुनाव नलडी पार्टीका उम्मेदवार जिताउन देशभर खटिने बताएका छन् । प्रत्यक्षको टिकटको भागबन्डा मिलाउन देउवा, डा. शेखर कोइरालासहित सभापति गगन थापाबीच आइतबार राति लामो छलफल भएको छ।

गगनले देउवा र कोइराला दुवै पक्षलाई समेटेर उम्मेदवार तय गर्दैछन् । तीनै पक्ष समेटिने अवस्था बन्दै गएपछि खड्काले अब आफू चुनाव नलडी पार्टीका उम्मेदवार जिताउन लाग्ने बताएका छन् ।

‘पूर्ण दाइले अब चुनाव नलड्ने निर्णय लिनु भएको छ। उहाँ कांग्रेसको चुनाव प्रचारमा देशभर जाने तयारीमा हुनु हुन्छ’, उनीनिकट एक नेताले भने, ‘सर्वोच्च अदालतको निर्णय गगनजीको पक्षमा आए, सबैलाई मिलाएर पार्टीलाई एकढिक्का राख्ने गरी अघि बढने, यदि संस्थापनको पक्षमा निर्णय आए गगनजीहरूलाई मिलाएर पार्टी एकढिक्का राख्ने योजना बनाउनु भएको छ।’

खड्का २०७९ को निर्वाचनमा सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी भन्दा ११ हजार ६१९ बढी मत प्राप्त गरेर विजयी भएका थिए।

खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्दा नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गरेका थिए। २०७४ को निर्वाचनमा शाहीले खड्कालाई पराजित गरेका थिए।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : ०१ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग