पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन देशभर खटिने « Khabarhub

पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन देशभर खटिने

भने : सर्वोच्चले जसलाई वैधानिकता दिए पनि मिलेर जानुपर्छ


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् ।

उनीनिकट एक नेताका अनुसार खड्काले सर्वोच्च अदालतको आदेश जसको पक्षमा आए पनि प्रतिनिधि सभाको चुनावमा एकताबद्ध भएर जान आफू तयार रहेको बताएका छन् ।

गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधरलाई निर्वाचन आयोगले मान्यता दिएपछि सर्वोच्च अदालत पनि जान तयार नरहेका खड्काले कांग्रेसलाई जसरी पनि एक बनाउनुपर्ने मत राखिरहेका छन् ।

सभापति शेरबहादुर देउवाको जोडबल र दबाबमा आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट लिएर गएका खड्काले अब आफू चुनावमा नउठ्ने बताएका हुन् ।

उनीसहित श्याम घिमिरे र रमेश लेखकहरूले पनि अदालत जानुभन्दा बरू पार्टीलाई कसरी हुन्छ एक बनाएर जानुपर्ने मत राखेका थिए ।

तर देउवाले सर्वोच्चमा चुनौती दिनुपर्ने बताएपछि खड्का, एनपी साउद, लेखक, घिमिरेसहितले आइतबार रिट हालिसकेका छन् । जसको मंगलबार सुनुवाइ हुने गरी पेशी तोकिएको छ । तर मंगलबार नै निर्वाचन आयोगले प्रत्यक्षको उम्मेदवारी दर्ताको समय राखेको छ।

कांग्रेसमा विभाजन आउँदा चित्त दुखाएका खड्काले अब आफू चुनाव नलडी पार्टीका उम्मेदवार जिताउन देशभर खटिने बताएका छन् । प्रत्यक्षको टिकटको भागबन्डा मिलाउन देउवा, डा. शेखर कोइरालासहित सभापति गगन थापाबीच आइतबार राति लामो छलफल भएको छ।

गगनले देउवा र कोइराला दुवै पक्षलाई समेटेर उम्मेदवार तय गर्दैछन् । तीनै पक्ष समेटिने अवस्था बन्दै गएपछि खड्काले अब आफू चुनाव नलडी पार्टीका उम्मेदवार जिताउन लाग्ने बताएका छन् ।

‘पूर्ण दाइले अब चुनाव नलड्ने निर्णय लिनु भएको छ। उहाँ कांग्रेसको चुनाव प्रचारमा देशभर जाने तयारीमा हुनु हुन्छ’, उनीनिकट एक नेताले भने, ‘सर्वोच्च अदालतको निर्णय गगनजीको पक्षमा आए, सबैलाई मिलाएर पार्टीलाई एकढिक्का राख्ने गरी अघि बढने, यदि संस्थापनको पक्षमा निर्णय आए गगनजीहरूलाई मिलाएर पार्टी एकढिक्का राख्ने योजना बनाउनु भएको छ।’

खड्का २०७९ को निर्वाचनमा सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी भन्दा ११ हजार ६१९ बढी मत प्राप्त गरेर विजयी भएका थिए।

खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्दा नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गरेका थिए। २०७४ को निर्वाचनमा शाहीले खड्कालाई पराजित गरेका थिए।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : ०१ बजे

तोसिमा कार्कीले पाइन् टिकट, पुरानै क्षेत्र ललितपुर ३ बाट उठ्ने

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र

सरकारले खारेज गर्‍यो विवादित प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं– सरकारले अनुत्पादक र विवादित रहँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम

एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर

काठमाडौं– एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन्

‘भयमुक्त वातावरणमा निर्वाचन हुन्छ’ 

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र,

बौद्ध भुवनेश्वर माविका विद्यार्थीलाई विद्यालय बसको सुविधा 

दोलखा– जिल्लाको जिरी नगरपालिका-२ को विकट गाउँ यलुङको बौद्ध भुवनेश्वरी