विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी « Khabarhub

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने गरी हुनुपर्ने बताएका छन् ।

धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘प्रदेशस्तरीय सीप तथा रोजगार मेला–२०८२’ को आज उद्‌घाटन गर्दै मन्त्री भण्डारीले विकासले परिणाम खोज्ने बताए। सुदूरपश्चिम प्रकृति र संस्कृति दुवैमा धनी भएकाले त्यसको मिश्रण नहुँदा विकास हुन नसकेको बताए।

मन्त्री भण्डारीले श्रम मन्त्रालयमा भएका विभिन्न कार्यक्रमलाई द्रुत मार्गबाट सुदूरपश्चिममा ल्याउने प्रयास गरिने बताए। उनले देशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उल्लेख गर्दै युवामा भएको प्रचुर शक्तिलाई प्रयोग गर्न दिने वातावरण नहुँदा युवा विदेशिने गरेका बताए। 

उनले गरे, ‘युवामा भएको ऊर्जा प्रयोग गर्ने वातावरण भएन । युवाको त्यो उकुसमुकुसता र छटपटी विस्फोटका रुपमा प्रकट भएको छ । जेन-जी आन्दोलन युवाको ऊर्जाको विस्फोट थियो । त्यो आन्दोलन थिएन ।’

श्रम मन्त्रालयले आन्तरिक रोजगारका लागि कार्यविधि बनाएर केही कुरा अगाडि बढाएको मन्त्री भण्डारीले बताउनुभयो । मेलामा सात क्षेत्रका २२ विधामा तालिम सञ्चालन हुने बताइएको छ । मेला ४० दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : ३० बजे

मासु मात्रै होइन, दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य