हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण « Khabarhub

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति ‘विभक्त आकाश’ लोकार्पण गरिएको छ। यो संस्मरण संग्रह ‘किरात सांस्कृतिक मेला’मा आयोजित भव्य समारोहमा सार्वजनिक गरिएको हो।

समारोहमा किरात राई यायोक्खाका अध्यक्ष गजेन्द्र राईको अध्यक्षता रहेको थियो भने नेपाली आदिवासी जनजाति महासङ्घका महासचिव रविन लिङ्गदेन प्रमुख अतिथिका रूपमा उपस्थित थिए। हङकङ साहित्यिक साझा शृङ्खलाका सल्लाहकार रमण गुरुङले विशेष अतिथि र प्रमुख वक्ताका रूपमा कार्यक्रमलाई समृद्ध बनाएका थिए।

कार्यक्रमको अवसरमा लेखक राईलाई नयाँ कृतिका लागि किरायाले ताम्रापत्रसहित सम्मान गरेको थियो। लेखक राईले आफ्नो पुस्तकको कभर आर्टिस्ट रमन गुरुङलाई पनि सम्मान गरेका छन्।

‘विभक्त आकाश’ २२१ पेजको पुस्तकमा साढे दुई दर्जन संस्मरण समावेश छन्। यसअघि राईले ‘आकाश खोज्दै जाँदा’, ‘समुद्रमाथिको सहर’, ‘मनोबिम्ब’, ‘नसकिने बाटो’, ‘मनका नदीहरू’ र ‘किरात राई यायोक्खा हङकङ : विगतदेखि वर्तमानसम्म’ जस्ता कृतिहरू प्रकाशित गरिसकेका छन्।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : ३८ बजे

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र