जापानमा मध्यावधि चुनावको घोषणा हुने « Khabarhub

जापानमा मध्यावधि चुनावको घोषणा हुने


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई अघि बढाउन बलियो जनादेश आवश्यक रहेको भन्दै संसद् विघटन गरी मध्यावधि (स्न्याप) चुनाव आह्वान गर्ने योजना सोमबार औपचारिक रूपमा घोषणा गर्ने जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) लाई पुनः जनसमर्थन दिलाउने विश्वास व्यक्त गर्दै आफ्नो व्यक्तिगत लोकप्रियतामाथि भर राखेकी छन् । गत हप्ता पार्टीका वरिष्ठ अधिकारीहरूलाई यसबारे संकेत दिइसकेकी उनले सोमबारको पत्रकार सम्मेलनमा फेब्रुअरी ८ मा मतदान गराउने योजना सार्वजनिक गर्नुहुने अपेक्षा गरिएको छ ।

एलडीपीले दशकौँदेखि जापानको राजनीति प्रायः निरन्तर रूपमा सञ्चालन गर्दै आएको भए पनि पछिल्ला वर्षहरूमा नेतृत्व परिवर्तन र जनअसन्तोष बढ्दै गएको देखिन्छ । अक्टोबरमा प्रधानमन्त्री नियुक्त भएकी ताकाइचीको मन्त्रिपरिषद्को लोकप्रियता तुलनात्मक रूपमा उच्च भए पनि सत्तारूढ गठबन्धन संसद्को तल्लो सदनमा झिनो बहुमतमा सीमित छ । सत्तारूढ गठबन्धनमा जापान इनोभेसन पार्टी पनि समावेश छ ।

यसले सक्रिय वित्तीय खर्च, रक्षा बजेट वृद्धि लगायतका उनका नीतिहरू पारित गर्न कठिनाइ ल्याउन सक्ने विश्लेषकहरूको भनाइ छ । टोकियो विश्वविद्यालयका प्राध्यापक एमेरिटस सदाफुमी कावाटोका अनुसार, यदि एलडीपीले तल्लो सदनमा एकल बहुमत हासिल गर्न सकेमा प्रधानमन्त्री ताकाइचीलाई अन्य दलहरूको सहमति बिना नीतिहरू अघि बढाउन सहज हुनेछ ।

सरकारले अप्रिल २०२६ देखि लागू हुने आर्थिक वर्षका लागि एक हजार २२३ खर्ब येन बराबरको बजेट स्वीकृत गरिसकेको छ । प्रधानमन्त्री ताकाइचीले मुद्रास्फीति नियन्त्रण र अर्थतन्त्रलाई गति दिन यो बजेटलाई यथाशीघ्र संसद्बाट पारित गराउने प्रतिबद्धता जनाएकी छन् । तर विपक्षी दलहरूले चुनावका कारण बजेट पारित प्रक्रिया ढिलाइ हुने र यसले आमनागरिकको जीविकोपार्जनमा असर पार्ने चेतावनी दिएका छन् ।

यसैबीच, बढ्दो महँगीका कारण जनतामा असन्तोष बढिरहेका बेला एलडीपीले खाद्यान्नमा कर कटौतीजस्ता उपायबारे छलफल गरिरहेको समाचारहरू आएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : ५७ बजे

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले