जापानमा मध्यावधि चुनावको घोषणा हुने « Khabarhub

जापानमा मध्यावधि चुनावको घोषणा हुने


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई अघि बढाउन बलियो जनादेश आवश्यक रहेको भन्दै संसद् विघटन गरी मध्यावधि (स्न्याप) चुनाव आह्वान गर्ने योजना सोमबार औपचारिक रूपमा घोषणा गर्ने जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) लाई पुनः जनसमर्थन दिलाउने विश्वास व्यक्त गर्दै आफ्नो व्यक्तिगत लोकप्रियतामाथि भर राखेकी छन् । गत हप्ता पार्टीका वरिष्ठ अधिकारीहरूलाई यसबारे संकेत दिइसकेकी उनले सोमबारको पत्रकार सम्मेलनमा फेब्रुअरी ८ मा मतदान गराउने योजना सार्वजनिक गर्नुहुने अपेक्षा गरिएको छ ।

एलडीपीले दशकौँदेखि जापानको राजनीति प्रायः निरन्तर रूपमा सञ्चालन गर्दै आएको भए पनि पछिल्ला वर्षहरूमा नेतृत्व परिवर्तन र जनअसन्तोष बढ्दै गएको देखिन्छ । अक्टोबरमा प्रधानमन्त्री नियुक्त भएकी ताकाइचीको मन्त्रिपरिषद्को लोकप्रियता तुलनात्मक रूपमा उच्च भए पनि सत्तारूढ गठबन्धन संसद्को तल्लो सदनमा झिनो बहुमतमा सीमित छ । सत्तारूढ गठबन्धनमा जापान इनोभेसन पार्टी पनि समावेश छ ।

यसले सक्रिय वित्तीय खर्च, रक्षा बजेट वृद्धि लगायतका उनका नीतिहरू पारित गर्न कठिनाइ ल्याउन सक्ने विश्लेषकहरूको भनाइ छ । टोकियो विश्वविद्यालयका प्राध्यापक एमेरिटस सदाफुमी कावाटोका अनुसार, यदि एलडीपीले तल्लो सदनमा एकल बहुमत हासिल गर्न सकेमा प्रधानमन्त्री ताकाइचीलाई अन्य दलहरूको सहमति बिना नीतिहरू अघि बढाउन सहज हुनेछ ।

सरकारले अप्रिल २०२६ देखि लागू हुने आर्थिक वर्षका लागि एक हजार २२३ खर्ब येन बराबरको बजेट स्वीकृत गरिसकेको छ । प्रधानमन्त्री ताकाइचीले मुद्रास्फीति नियन्त्रण र अर्थतन्त्रलाई गति दिन यो बजेटलाई यथाशीघ्र संसद्बाट पारित गराउने प्रतिबद्धता जनाएकी छन् । तर विपक्षी दलहरूले चुनावका कारण बजेट पारित प्रक्रिया ढिलाइ हुने र यसले आमनागरिकको जीविकोपार्जनमा असर पार्ने चेतावनी दिएका छन् ।

यसैबीच, बढ्दो महँगीका कारण जनतामा असन्तोष बढिरहेका बेला एलडीपीले खाद्यान्नमा कर कटौतीजस्ता उपायबारे छलफल गरिरहेको समाचारहरू आएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : ५७ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग