जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल « Khabarhub

जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुने बताएकी छन् । 

प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिने तयारी गरेकी दाहालले सोमबार चितवनमा सञ्चारकर्मीसँगको छलफलका क्रममा करिब दुई कार्यकालको मेयरको भूमिकापछि आफू नयाँ भूमिकाका लागि तयार भएको भन्दै जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुने बताएकी हुन्। 

मेयरका हैसियतमा आफूले भरतपुरमा धेरै काम गर्न सफल भएको उनले बताइन् । दाहालले चितवनका लागि जान्नेलाई भन्दा पनि काम गर्नेलाई जनताले छान्नुपर्नेमा जोड दिइन् । 

उनले देशको परिस्थितिका कारण ८४ को निर्वाचन ८२ मा हुन लागेको भन्दै राजनीतिमार्फत जनताको सेवा गर्न अघि बढ्न खोजेको धारणा राखिन् । उनले चुनावमा प्रतिस्पर्धा गर्न डर मान्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारे । 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : ३६ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग