जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल « Khabarhub

जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुने बताएकी छन् । 

प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिने तयारी गरेकी दाहालले सोमबार चितवनमा सञ्चारकर्मीसँगको छलफलका क्रममा करिब दुई कार्यकालको मेयरको भूमिकापछि आफू नयाँ भूमिकाका लागि तयार भएको भन्दै जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुने बताएकी हुन्। 

मेयरका हैसियतमा आफूले भरतपुरमा धेरै काम गर्न सफल भएको उनले बताइन् । दाहालले चितवनका लागि जान्नेलाई भन्दा पनि काम गर्नेलाई जनताले छान्नुपर्नेमा जोड दिइन् । 

उनले देशको परिस्थितिका कारण ८४ को निर्वाचन ८२ मा हुन लागेको भन्दै राजनीतिमार्फत जनताको सेवा गर्न अघि बढ्न खोजेको धारणा राखिन् । उनले चुनावमा प्रतिस्पर्धा गर्न डर मान्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारे । 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : ३६ बजे

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले