प्रचण्डसँग असन्तुष्ट वामदेव, फिर्ता गरिदिए बर्दिया १ को टिकट « Khabarhub

प्रचण्डसँग असन्तुष्ट वामदेव, फिर्ता गरिदिए बर्दिया १ को टिकट


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव नलड्ने घोषणा गरेका छन्।

थारू समुदायको बाक्लो बसोबास रहेको बर्दियाका दुवै क्षेत्रमा पहाडी मूलका नेतालाई उठाएको गुनासो गर्दै उनले टिकट नेकपा संयोजक पुष्पकमल दाहाललाई फिर्ता गरिदिएका हुन् ।

थारू सामुदायको बाक्लो उपस्थिति रहेको बर्दियामा जातीय सन्तुलन मिलाउन चुकेको भन्दै गौतमले नेकपा संयोजक प्रचण्डलाई टिकट फिर्ता गरिदिएको बताएका छन् ।

बर्दियामा जुनसुकै काममा सफल हुन थारू र गैरथारू समुदायबीच सन्तलुन चाहिने उनले बताएका छन् ।
‘बर्दियाको जातीय अवस्थाबारे तपाईंला थाहा छ । जेन-जी आन्दोलनपछिको अवस्थालाई पनि बेवास्ता गरेर नेपाली कम्युनिस्ट पार्टीले दुवै निर्बाचन क्षेत्रमा पहाडी मूलकालाई उम्मेदवार बनाउने निर्णय सही छैन’, उनले भनेका छन्, ‘त्यसकारण म वामदेव गौतमले यस्तो अवस्थामा बर्दिया १ बाट उमेदवारी नदिने निर्णय गरेँ। तपाईंहरूले दिनु भएको उम्मेदवारको पत्र फर्काइदिएँ ।’

उनले टिकट फर्काए पनि नेकपाको सबै जिम्मेवारीमा आफू खटिरहने बताएका छन् ।

यसअघि आइतबार प्रतिनिधिसभाको चुनावमा उठ्न वामदेवसहित राष्ट्रियसभाका तीनना सदस्यहरूले राजीनामा दिएका थिए ।

प्रतिनिधिसभाको टिकट पाएपछि नेकपा नेताहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : २२ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु