स्वागत र पत्रकार बुढाथोकी राप्रपामा, एकजना प्रत्यक्ष चुनाव लड्दै, अर्का समानुपातिक सूचीमा « Khabarhub

स्वागत र पत्रकार बुढाथोकी राप्रपामा, एकजना प्रत्यक्ष चुनाव लड्दै, अर्का समानुपातिक सूचीमा


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अधिवक्ता तथा पत्रकार स्वागत नेपाल र अर्का आर्थिक पत्रकार गजेन्द्र बुढाथोकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

केन्द्रीय कार्यालयमा धुम्बाराहीमा सोमबार एक कार्यक्रममा गरेर अध्यक्ष राजेन्द्र लिङ्देनले दुवैजनालाई पार्टीमा स्वागत गरे ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार स्वागतलाई प्रतिनिधिसभा निर्वाचनमा झापा–२ का लागि उम्मेदवार बनाइएको छ ।

स्वागत अघिल्लो चुनावमा त्यही क्षेत्रमा स्वतन्त्र उम्मेदवार बनेर निवर्तमान सभामुख देवराज घिमिरेलाई टक्कर दिएका थिए ।

स्वागतसँगै आर्थिक पत्रकार गजेन्द्र बुढाथोकी पनि राप्रपामा प्रवेश गरेका छन्। राप्रपाले बुढाथोकीलाई प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक सूचीमा समावेश गरेको छ।

आर्थिक मामिला र खोजमुलक पत्रकारितामा पोख्त बुढाथोकी ‘टक्सार’ म्यागजिनका प्रधान सम्पादकसमेत हुन्।

शारीरिक अपाङ्गता भए पनि नेपाली पत्रकारितामा बुढाथोकी अलग पहिचानसहित अघि बढिरहेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : २८ बजे

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११