काठमाडौं- अधिवक्ता तथा पत्रकार स्वागत नेपाल र अर्का आर्थिक पत्रकार गजेन्द्र बुढाथोकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।
केन्द्रीय कार्यालयमा धुम्बाराहीमा सोमबार एक कार्यक्रममा गरेर अध्यक्ष राजेन्द्र लिङ्देनले दुवैजनालाई पार्टीमा स्वागत गरे ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार स्वागतलाई प्रतिनिधिसभा निर्वाचनमा झापा–२ का लागि उम्मेदवार बनाइएको छ ।
स्वागत अघिल्लो चुनावमा त्यही क्षेत्रमा स्वतन्त्र उम्मेदवार बनेर निवर्तमान सभामुख देवराज घिमिरेलाई टक्कर दिएका थिए ।
स्वागतसँगै आर्थिक पत्रकार गजेन्द्र बुढाथोकी पनि राप्रपामा प्रवेश गरेका छन्। राप्रपाले बुढाथोकीलाई प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक सूचीमा समावेश गरेको छ।
आर्थिक मामिला र खोजमुलक पत्रकारितामा पोख्त बुढाथोकी ‘टक्सार’ म्यागजिनका प्रधान सम्पादकसमेत हुन्।
शारीरिक अपाङ्गता भए पनि नेपाली पत्रकारितामा बुढाथोकी अलग पहिचानसहित अघि बढिरहेका छन् ।













प्रतिक्रिया